दुई मेडिकल कलेजको एमबीबीएस सिट बढाउन केयूको लबिङ

मकर श्रेष्ठ

काठमाडौं — काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ ।केयू स्रोतका अनुसार विराटनगरको नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न काउन्सिललाई आग्रह गरेको हो ।

काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको यसअघि निर्धारण भइसकेको एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट बढाउन मेडिकल काउन्सिलमा लबिङ सुरु गरेको छ ।

केयू स्रोतका अनुसार विराटनगरको नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न काउन्सिललाई आग्रह गरेको हो । केयू र काउन्सिलले तोकेको विज्ञहरुको संयुक्त टोलीको निरीक्षण प्रतिवेदनको आधारमा यसवर्ष सिट निर्धारण गरिएको थियो ।

यसकै आधारमा विद्यार्थीलाई काउन्सिलिङ गरेर काउन्सिलले निर्धारण गरेको सिटमा भर्ना समेत लिइसकेको छ । काउन्सिलले नोबेलको ९० र विराटमा ६५ सिट निर्धारण गरिसकेको छ ।

‘यसपालिको सीट निर्धारण केयू र काउन्सिलले खटाएको संयुक्त विज्ञ टोलीको प्रतिवेदनलाई आधार मानेर गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने,‘फेरी पुनरावलोकन गर्ने निर्णय गरेछ । यसको स्वार्थ बुझ्न सकिएन ।’

विश्वविद्यालय प्राज्ञिक परिषद्को कातिक २८ को बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि लेखी पठाउने निर्णय गरेको हो । बैठकले नोबेलमा एक सय र बिराटमा ७५ सिट उपयुक्त हुने निश्कर्ष निकालेको छ ।

यही निर्णयको आधारमा स्कूल अफ मेडिकल साइन्सेजका डिन डा.राजेन्द्र कोजुले काउन्सिलमा सिट पुनरावलोकन गरिदिन पत्र पठाएका छन् ।

पत्रमा भनिएको छ, ‘कानुनी सल्लाहकारको राय अनुरुप नोबेदल मेडिकल कलेजमा सरकारले तोकेको अधिकतम सिट संख्या एक सय तथा बिराट मेडिकल कलेजमा गतवर्ष कै सिट संख्या ७५ हुन उपयुक्त देखिएकोले नेपाल काउन्सिलमा समेत पुनरावलोकनको लागि पठाउन स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशन दिने निर्णय भयो ।’

काउन्सिललाई लेखेको पत्रको बोधार्थ दुबै मेडिकल कलेजलाई समेत दिइएको छ ।

काउन्सिलले मेडिकल कलेजमा अनुगमन गर्दा पाइएको पूर्वाधार, अकुपेन्सी लगायतको आधारमा सीट निर्धारण गरिन्छ । बिगतको भन्दा कमजोर पाइएपछि सीट संख्या घटाइएको काउन्सिलले जनाएको छ । सीट निर्धारण गर्न काउन्सिलले निश्चित आधार तय गरिएको हुन्छ । त्यसको आधारमा कति नम्बर पाउछ । जति नम्बर पाउछ, त्यसकै आधारमा सीट तोकिन्छ । ‘जुन कलेजले आवश्यक पूर्वाधार र आधार पुरा गरेको हुदैन त्यसलाई सीट बढाउन खोज्नु गढबढी भएको छ,’ काउन्सिलका एक सदस्यले भने ।

प्रकाशित : मंसिर ६, २०७४ १९:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने

काठमाडौं — पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने छ । पहिलो चरणको निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिए ।  

निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ । 

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित : मंसिर ६, २०७४ १९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT