महिलामाथि यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' पक्राउ

जनकराज सापकोटा

काठमाडौं — धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा धर्मगुरु टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो ।

धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा 'धर्मगुरु' टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो ।

आफूलाई अवतारी लामा भएको घोषणा गर्ने टुल्कुको धार्मिक नाम रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन हो । सिन्धुली कुशेश्वर दुम्जा-९ का ५६ वर्षीय लामालाई मंगलबार पक्राउ गरेपनि प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको हो । उनले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी लामो समयदेखि उपचारमा आउने महिलामाथि यौनशोषण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लामामाथि जिल्ला अदालत काठमाडौंबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐेनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् धर्मगुरु लामाबारे अनुसन्धानबाट खुलेका कुरा
- करिब १० वर्षदेखि काठमाडौं जिल्ला दक्षिणकाली नपा १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरिबसेको
- उक्त गुम्बामा महिलाहरुको संख्या धेरै रहेको
- उपचार गराउन आएका महिलाहरुलाई उपचारको क्रममा एकल कोठामा निर्वस्त्र गराई जबर्जस्ती शारीरिक सम्बन्ध राखेको,
- पीडित महिलाहरुलाई योन शोषणको कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुन: रोग बल्झिन्छ, रोगको उपचारको निम्ति निज गुरुसँगै यौन सम्पर्क राख्नुपर्छ,
- गुरु तेत्तीस कोटी देउताको अवतार भएको, गुरु रिसाएमा अनिष्ठ हुने भनी डर त्रास देखाई भ्रममा पारेको,
- पीडित महिलाहरुलाई परपुरुषसँग विवाह गरेमा तिम्रो मृत्युसमेत हुन्छ भनी त्रास देखाई पीडितहरुलाज्ञ बारम्बार यौन सम्पर्क गरेको,

प्रकाशित : मंसिर ७, २०७४ १५:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लाजिम्पाटमा प्रकाश दाहालको श्रद्धाञ्जली सभा [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी/कान्तिपुर

काठमाडौं — माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र दिवंगत साकार दाहाल ‘प्रकाश’को श्रद्धाञ्जली सभा गरिएको छ ।

दाहाल निवास लाजिम्पाटमा बिहीबार आयोजना गरिएको सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन सभामुख ओनसरी घर्ती, पूर्वसभामुख तारानाथ रानाभाट, नेकपा क्रान्तिकारी माओवादी नेता मोहन वैद्य, नेकपा मसालका मोहनविक्रम सिंहलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । उनीहरुले दिवंगत प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरेका थिए ।

सभामा उपस्थितहरुलाई माओवादी केन्द्रका दाहालले लिखित वक्तव्यमार्फत् आभार प्रकट गरेका थिए । विज्ञप्ति पढ्दा सभामा उपस्थिति आफन्तजन, विभिन्न दलका नेता, कार्यकर्ताहरु कतिपय भावविह्वल बनेका थिए भने अधिकांशका आँखा रसाएका देखिन्थे । प्रकाशले आफ्नो दोस्रो प्रधानमन्त्रित्वकालमा खेलेको भूमिकाले पनि आफू सफल भएको पूर्वप्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । उनले प्रकाश छोरामात्रै नभई सानैदेखि युद्धमा सामेल भएको र समाज, संसार बुझ्न सक्ने भएकाले पनि आफ्नो सहकर्मीको जस्तो भूमिका पाएको स्मरण गरे । नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी)का युवाहरुसहित देश, विदेशबाट पाएको सहानुभूतिबाट आफ्नो परिवारलाई धेर्य गर्ने परिस्थिति मिलेको उनले बताएका छन् । ३६ वर्षीय साकार दाहालको हृदयघातका कारण यही मंसिर ३ गते राति निधन भएको थियो ।

प्रकाशित : मंसिर ७, २०७४ १५:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT