सुनसरीमा सुतली बम विस्फोट

इटहरी — अज्ञात समूहले इटहरी उपमहानगरपालिका-५ जनता बस्तीमा बिहीबार मध्यान्ह सुतली बम विस्फोट गराएको छ । बमले रुपमाया लिम्बूको घुम्तीको ढोकामा केही क्षति पुगेको छ ।

मानिसहरुको चहलपहल नभएको बेला भएको विस्फोटले कुनै क्षति नभएको डिएसपी सञ्ज

सुनसरीमा सुतली बम विस्फोट

अज्ञात समूहले इटहरी उपमहानगरपालिका-५ जनता बस्तीमा बिहीबार मध्यान्ह सुतली बम विस्फोट गराएको छ । बमले रुपमाया लिम्बूको घुम्तीको ढोकामा केही क्षति पुगेको छ ।

मानिसहरुको चहलपहल नभएको बेला भएको विस्फोटले कुनै क्षति नभएको डिएसपी सञ्जय राउतले बताए । सुतली बम ढलमा विस्फोट भएकाले आवाज आएपनि कुनै क्षति नभएको उनले बताए । चुनाव बहिष्कारमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले विस्फोट गराएको हुन सक्ने आशंका गरिए पनि घटनाको कुनै समूहबाट जिम्मेवारी लिइएको छैन ।

प्रकाशित : मंसिर ७, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?