कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

चुनावी दौडाहमा देउवा र ओली

जनक नेपाल

सुर्खेत — प्रधानमन्त्री एवं कॉग्रस सभापति शेरबहादुर देउवा कालिकोटबाट पश्चिम रुकुम जान विरेन्द्रनगरको आकाशमा उडिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली दैलेख जान सुर्खेत विमानस्थलमा हेलिकप्टरमा इन्धन भराउँदै थिए ।

चुनावी दौडाहमा देउवा र ओली

देउवाले एकै दिन कालिकोट, पश्चिम रुकुम, पूर्वी रुकुम र रोल्पाका चुनावी सभा भ्याए । बिहान दाङमा पत्रकार सम्मेलन गरेर सुर्खेत आएका ओलीले दैलेख सदरमुकाम, दुल्लु र सुर्खेतहु‘दै देउवाको गृहजिल्ला डडेल्धुराको सभालाई सम्बोधन गर्दा झिमिक्क सॉझ पर्न लागेको थियो ।

दुई चुनावी गठबन्धनका शीर्ष नेतृत्वले चुनावी दौडाहालाई तिब्रता दिएका छन् । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुका लागि प्रचारप्रसारको अन्तिम दिन विहीबार नेताहरुलाई भ्याईनभ्याई थियो । दाङबाट सुर्खेत आएका एमाले अध्यक्ष ओलीको हेलिकप्टरमा प्राविधिक समस्या देखियो ।

परीक्षणका लागि नेपालगन्ज लैजानुपरेकाले उनी झण्डै एक घण्टा विमानस्थलको भीआईपी कक्ष र बाहिर घाम तापेर बसे । त्योबाहेक ओलीको दिन उडान र चुनावी सभामै बितेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

एमाले अध्यक्ष ओलीको अघि–अघि माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाको हेलिकप्टर थियो । बाम गठबन्धनका सबै आमसभामा पहिले थापा पुग्थे । उनले सम्बोधन गरी नभ्याउ‘दै ओली पुग्थे । डडेल्धुरा जानुअघि ओली अछाममा रहेका पार्टी उपाध्यक्ष भीम रावललाई लिन गए । त्यहॉ नओर्लिएरै उनले उपस्थित भएका शुभेच्छुकलाई हेलिकप्टरबाटै अभिभावन गरे ।

प्रधानमन्त्री देउवा कालिकोटको कोटबाडामा चुनावीसभालाई सम्बोधन गर्न पुगे । त्यहॉबाट पश्चिम रुकुम सदरमुकाम मुसिकोटको सभामा पुगेका उनी लगत्तै पूर्वी रुकुमको तकसेरामा पुगेर कॉग्रेस उम्मेदवारका लागि भोट मागे । तकसेराबाट चार बजेतिर रोल्पा सदरमुकाम लिवाङ पुगेका देउवा त्यहॉ झण्डै एक घण्टा बसेर चार मिनेट भाषण गरेर फर्किए ।

दिनभरको चुनावी दौडाहामा देउवा र ओलीका भाषण भने अघिल्लो दिनका भन्दा खासै फरक रहेनन् । दुबैले निर्वाचन क्षेत्र र उम्मेदवार अनुकूल हुने गरी केही प्रशंग थपेर कार्यकर्तालाई उत्साह भने थपे । मन्तव्यको शैली पनि उनीहरुका अघिल्ला स्वभाव अनुसारै थिए । ओली सभाहरुमा कम बसे तर, भाषण भने देउवाको भन्दा लामो गरे ।

प्रकाशित : मंसिर ७, २०७४ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?