कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘मानव अधिकार’ अवस्था खस्कँदो

धरान — पूर्व क्षेत्रमा मानव अधिकार अवस्था खस्कँदो रहेको मंगलबार आयोजित छलफलका सहभागीले बताएका छन् । मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले गरेको छलफल कार्यक्रममा क्षेत्रीय प्रमुख मञ्जु थापाले खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरिन् ।

उनका अनुसार पछिल्लो समय मानव अधिकारको सवालमा सबैभन्दा बढी न्याय सेवाप्रतिको गुनासो आएको छ । आर्थिक, सामाजिक, राजनीतिक सम्बद्ध घटनालाई कानुनी दायरामा ल्याउन आवश्यक उजुरी प्रहरी प्रशासनले नलिने, कारबाहीमा आलटाल गरी मेलमिलापका लागि दबाब दिने प्रवृत्ति बढेको पाइएको छ । स्थानीय तह क्रियाशील भएको अवस्थामा पनि संक्रमणकालीन अवस्था विद्यमान रहेकाले अधिकारबाट वञ्चित रहनुपर्ने अवस्था छ । 

 

प्रकाशित : मंसिर ८, २०७४ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?