कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पृथ्वी राजमार्गमा २ स्थानमा बम भेटियो, नेपाली सेनाको टोलीद्वारा निष्क्रिय

हरिहरसिंह राठौर

धादिङ — धादिङ खण्डमा पर्ने पृथ्वीराजमार्गका विभिन्न २ स्थानमा राखेको बम नेपाली सेनाको टोलीले शुक्रबार बिहान निष्क्रिय गरेको छ । गजुरीको घाटवेंसी र गल्छीको महेशदोभानमा राखेको बम सेनाले बिस्फोट गराई निष्क्रिय तुल्याएको थियो ।



बिहीबार मात्रै थाक्रे–१, सिम्लेस्थित पृथ्वीराजमार्ग बजारमा बिहीबार अपरान्ह फेलापरेको प्रेसर कुकर बमले २ घण्टा राजमार्ग अवरुद्ध गरेको थियो ।

निर्वाचन विथोल्न अज्ञात समुहले सडकमा प्लाष्टिकको झोलाभित्र राखेको प्रेसर कुकर बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गराए संगै अहिले राजमार्ग सन्चालनमा आएको प्रहरीले जनाएको छ । यसै साता मात्रै सदरमुकामको निर्वाचन कार्यालय, राजमार्गको बिहानी पम्पमा बम निष्क्रिय गराइएको छ भने प्रचारमा गएका निर्वाचन क्षेत्र १ का उम्मेदवार भूमी त्रिपाठीलाई लक्षित गरी सुतली बम प्रहार गर्ने थाँक्रे जुगेखोला निवासी कृष्ण खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित : मंसिर ८, २०७४ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?