कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चुनावी सम्पर्क कार्यालयमा प्रेसर कुकर बम विस्फोट

भरत जर्घामगर

सिरहा — सिरहाको मिर्चैया-५ स्थित माओवादी केन्द्रको चुनावी सम्पर्क कार्यालयमा शुक्रबार अपरान्ह प्रेसर कुकर बम विस्फोट भएको छ । प्रहरीका अनुसार चुनाव प्रचारप्रसारका लागि खोलिएको भवनमा शुक्रबार पौने ४ बजेतिर प्रेसर कुकर बम विस्फोटन भएको हो । सिरहा क्षेत्र नम्बर ४ का माओवादी केन्द्रका वाम गठबन्धन उम्मेदवार पूर्वकानुनमन्त्री अजयशंकर नायकको चुनावी प्रचारप्रसार सम्पर्क कार्यालयमा भएको घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

चुनावी सम्पर्क कार्यालयमा प्रेसर कुकर बम विस्फोट

विस्फोटनमा डेढ लिटरको प्रेसर कुकर प्रयोग गरिएको छ । घटनास्थल मिर्चैया प्रहरी कार्यालयबाट दुई सय मिटर पश्चिममा पर्छ । ठूलो आवाजमा विस्फोटन भएपछि प्रहरी घटनास्थल पुगेको थियो । 

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पम्प्लेट भेटिएको प्रहरीले जनायो । ‘चुनावी बैठक हुँदा भेला हुने र अरुबेला खाली रहने गरेका कारण मानवीय क्षति भएन’प्रहरी नायव उपरीक्षक गजुरसिद्धी बज्राचार्यले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’  

प्रकाशित : मंसिर ८, २०७४ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?