कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकै पटकमा १ सय १५ विकासे आयोजना पूरा हुँदैछ : काठमाडौं महानगर प्रमुख

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको दाबी गरेका छन् ।

एकै पटकमा १ सय १५ विकासे आयोजना पूरा हुँदैछ : काठमाडौं महानगर प्रमुख

‘वर्षात् सकिएसँगै काठमाडौँको विकास निर्माणको कामले गति लिएको छ,’ काठमाडौंमा आयोजित कार्यक्रममा शाक्यले भने, ‘हामीले अहिले काठमाडौँको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ ।’ ती कार्यक्रममा एक अर्बभन्दा बढीको बजेट विनियोजन भएको शाक्यको भनाइ छ ।

जीवन्त, सुन्दर र समृद्ध सहर बनाउने योजनाअनुसार आफूले काम सुरु गरेको बताउँदै शाक्यले भने, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामाग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’ 

प्रकाशित : मंसिर ८, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?