कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदानको दिन सार्वजनिक बिदा

काठमाडौं — सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो ।

मतदानको दिन सार्वजनिक बिदा

सरकारले प्रतिनिधि र प्रदेशसभाको दुवै चरणको निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यही मंसिर १० र २१ गते हुने निर्वाचनका लागि सरकारी कार्यालय, अर्ध सरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा बिदा दिनेबारे जानकारी गराएको हो । पहिलो चरणमा पर्सि आइतबार उच्च हिमाली ३२ जिल्लामा र मंसिर २१ गते ४५ जिल्लामा दुवै तहको निर्वाचन हुँदैछ ।

प्रकाशित : मंसिर ८, २०७४ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?