कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचनमा ६४ हजार सेना

काठमाडौं — आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर १० गते हुने पहिलो चरणका लागि नेपाली सेनाले ६४ हजार २० सैनिक खटाएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ स्थानमा मतपत्र पुगिसकेको र दोस्रो चरणका ४५ मध्ये पनि अधिकांश जिल्लामा पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ ।

निर्वाचनमा ६४ हजार सेना

सेनाले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक सुरक्षा प्रदान गरिरहेको विज्ञप्तिमार्फत जानकारी दिएको हो । देशका ५३ कारागार र २३ वटा विमानस्थल सुरक्षामा पनि सेना खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म तथा बेस स्थापना गरी सुरक्षा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ । यस क्रममा विभिन्न जिल्लामा ३३ स्थानमा फेला परेका शंकास्पद वस्तु, बम तथा सकेट बम सुरक्षित ढंगले डिस्पोज्ड गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित : मंसिर ८, २०७४ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?