रुकुममा जीप दुर्घट्ना सातको मृत्यु , बिहेपछि फर्कंदै गरेका प्रहरी निरीक्षकद्वय पनि परे

मृत्यु हुनेमा बाबु र छोरा-छोरी पनि
हरि गौतम

रुमुम (पश्चिम) — रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग१ज ४२६० नम्वरको जीप शुक्रबार बेलुकी रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

जीप बेलुकी ७:३० बजे सडकबाट करिव १५० मिटर तल खसेको बताइएको छ । मृत्यु हुनेमा ३ जना महिला, ४ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी निरीक्षक द्वय नवीन श्रेष्ठ र अनिता प्रधान छन् । उनीहरु बिहे गरेर घर भित्रिएर फर्क‌दै गरेका थिए । बिहीबार मात्र बिहेपछि अनिता माइती घरबाट इटहरीस्थित नवीनको घर भित्रिएकी थिइन् ।

त्यसैगरी मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ र सुधन श्रेष्ठको पनि मृत्यु भएको छ । शेरबहादुर बाबु हुनभने सुरेखा छोरी र सुधन छोरा हुन् । यस्तै मुसीकोट १ कै जनक शाह र त्रिवेणी गापा-१ की यमुना मल्लको पनि मृत्यु भएको छ ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको छ ।

प्रकाशित : मंसिर ९, २०७४ ००:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?