केपी ओलीको झापास्थित घरको मूल गेटमै बम विस्फोट

पर्वत पोर्तेल

झापा — झापा ५ का उम्मेद्वार तथा एमाले अध्यक्ष केपी ओलीको दमकस्थित निवासको मूल गेट नजिकै आज बिहानै अज्ञात समूहले विस्फोट गराएको छ ।

सो स्थानमा शंकास्पद वस्तु पनि फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै झापा-२ का प्रतिनिधि सभा उम्मेद्वार तथा झापा कांग्रेसका सभापति उद्धव थापाको घरमा शुक्रबार राति विस्फोट भएको छ । सो क्रममा उनको सवारीमा क्षति पुगेको छ ।

विस्फोटन घटनापछि उम्मेद्वारहरुको सुरक्षामा कडा निगरानी सुरु गरिएको झापाका एसपी विष्णु केसीले जनाए ।

क्षति पुगेको उद्धव थापाको सवासीसाधन ।

प्रकाशित : मंसिर ९, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?