२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

खोटाङ — कांग्रेस र वाम गठबन्धन बीच शुक्रबार राति झडप भएको छ । झडपमा वाम गठबन्धनका गोपाल आचार्य घाइते भएका छन् ।

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

वाम गठबन्धनका सुवास आचार्य पक्राउ परेका छन् । खाइरहेको बेला वाम गठबन्धनले बिथोलेपछि झडप भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । झडपको समाचार सङ्कलन गर्न पुगेका एभिन्युज टेलिभिजनका पत्रकार हरिबोल आचार्य र जनबोली न्युज नेटवर्कका सम्पादक इन्द्र आचार्यमाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनमा गएका पत्रकारहरुको मोटरसाइकल, ब्लु बुक लाइसेन्ससहितका कागजात खोसिएको प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ति मार्फत जनाएका छन् । दुवै संगठनले दुर्व्यवहार गर्नेमाथि कानुनी कारबाहीको माग गरेको छ । प्रजिअ अधिकारीले चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताए ।

गृह प्रशासनको गैरजिम्मेवारीपनाका कारण झडप भएको वाम गठबन्धनले जनाएको छ । ‘निर्वाचन आचारसंहिताविपरीत भोज आयोजना गरेको विषयमा प्रशासनलाई पटक–पटक जानकारी गराउँदा समेत प्रशासनले बेवास्ता गरेकाले भोज विथोलेको झडपमा घाइते गोपाल आचार्यले बताए । कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले खाना खाँदै गरेको बेला वाम गठबन्धन पक्षले एक्कासी आक्रमण गरेपछि हातपात गरिएको बताए ।

प्रकाशित : मंसिर ९, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?