विप्लवका कार्यकर्ताद्वारा वडाध्यक्षको अपहरण

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका १ का वडाअध्यक्ष गोपालबहादुर नेपाली अपहरणमा परेका छन् । वडाध्यक्ष नेपालीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन् ।

शुक्रबार राति वडा कार्यालय नजिकैबाट नेकपाका ६/७ जना कार्यकर्ताले जबरजस्ती लिएको भाइ प्रमोदले बताए । निर्वाचनको तयारीबारे छलफल गरिरहेको अवस्थामा विप्लवका कार्यकर्ताले अपहरण गरेर लिएको उनले बताए । 

प्रतिकार गर्दा पनि छुटाउन नसकेको उनले बताए । नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई अपहरण गरेको स्वीकारेका छन् । निर्वाचनलाई बहिष्कार गर्ने उद्देश्यले नेपालीलाई अपरण गरेको जैसीले बताए । 

नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष चुनिएका थिए । नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी वडा अध्यक्ष नेपालीको खोजीका टालेगाउँ तर्फ हिडेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

प्रकाशित : मंसिर ९, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?