धादिङका २ मतदान केन्द्रमा भेटिएको सकेट बम सेनाद्वारा निस्कृय

हरिहरसिंह राठौर

धादिङ — राजधानीसँग जोडिएको धादिङको जीवनपुर कोरमाईलो डाँडास्थित मतदान केन्द्रमा राखिएको बम नेपाली सेनाले शनिबार बिहान निस्कृय तुल्याएको छ । तत्कालिन जीवनपुर गाविस भवनमा हाल धुनीवेसी नगरपालिका—५ को वडा कार्यालय स्थापना गरिएकोछ ।

धादिङका २ मतदान केन्द्रमा भेटिएको सकेट बम सेनाद्वारा निस्कृय

उक्त मतदान केन्द्रमा शुक्रवार राति बम राखिएको आशंका गरिएको छ । 

शुक्रबार साँझ गाविस भवनमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

जीवनपुर र गजुरीको कर्कलेस्थित मतदान केन्द्र जाने चिसापानी सडकमै राखेको बम पनि शनिबार बिहानै नेपाली सेनाले निस्कृय गरेको गजुरीस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए ।

यसै सातामात्रै  सेनाले ५ वटा बम निस्कृय पारिसकेको छ ।

 

प्रकाशित : मंसिर ९, २०७४ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?