कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नेपाली सेनाका नक्कली मेजर पक्राउ

धादिङ — नेपाली सेनाकै पोशाकमा रहेर मेजर हुँ भनेर धम्क्याउदैं हिडने काठमाण्डौं सुकेधारा निवासी ३१ वर्षीय रोशन प्रसाइलाई गजुरीस्थित प्रहरीले नियन्त्रणमा लिएकोछ ।

नेपाली सेनाका नक्कली मेजर पक्राउ

नेपाली सेनाकै पोशाकमा रहेर मेजर हुँ भनेर धम्क्याउदैं हिडने काठमाडौं सुकेधारा निवासी ३१ वर्षीय रोशन प्रसाइलाई गजुरीस्थित प्रहरीले नियन्त्रणमा लिएकोछ । बिहान २ बजे गजुरी बजारमा सेनाकै पोशाकमा रहेर ट्रक चालकहरुसँग झगडा गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको गजुरीस्थित इलाका प्रहरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए ।

प्रहरी नियन्त्रणमा आएको २ घण्टासम्म वास्तविक सैनिक मेजरकै नाम बताउँदै आएका प्रसाईले आफूलाई काठमाडौंको छाउनी व्यारेकमा कार्यरत बताएका थिए ।

प्रसाईले बास्तविक मेजरकै फेसबुक प्रोफाइल देखाई आफनै भएको बताएका थिए । प्रसार्इंले बताएको नामबारे प्रहरीले राजधानीमा बुझ्दा नक्कली मेजर भएको वास्तविकता खुलेको थियो ।

प्रसाईले यस अघि पनि नेपाली सेनाका उच्च पदमा कार्यरत रहेको बताउँदै ठगी गर्दै आएको प्रहरीले बताएको छ । गजुरी प्रहरीले आवस्यक थप छानबिनका लागि प्रसाईंलाई जिल्ला प्रहरीमा पठाएको छ ।

प्रकाशित : मंसिर ९, २०७४ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?