[अपडेट] गोली हानिएका प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

जनकराज सापकोटा

काठमाडौं — सिराहको निरदनामा अज्ञात समूहको गोली प्रहारबाट घाइते एक प्रहरी र एक म्यादी प्रहरीलाई उपचारका निम्ती काठमाडौं ल्याइएको छ ।

[अपडेट] गोली हानिएका प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आर्दश यादवमाथि जाँचको क्रममा अज्ञात समूहले गोली हानेको थियो । गोली चलाउने समूहको पहिचान भने भइसकेको छैन । बाईकमा आएका उनीहरुले मागेरामको पेट र आर्दशको कोखामा गोली हानेका थिए । गोली हान्नेलाई पक्राउ गर्न व्यापक खोजी भइरहेको छ ।
काठमाडौं ल्याएका घाइते सुरक्षाकर्मीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जनाए । प्रवक्ता न्यौपानेका अनुसार दुवै घाइतेलाई महाराजगन्जस्थित प्रहरी अस्पतालमा थप उपचारका निम्ती लगिनेछ ।

प्रकाशित : मंसिर १०, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?