१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मुगुमा मतपेटिका संकलनको क्रममा झडप, १६ राउण्ड हवाई फायर

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाको वडा नम्बर ६ स्थित धैनकोट मतदान केन्द्रमा अज्ञात समूहले आक्रमण हुँदा १६ राउण्ड हवाई फायर गरिएको छ ।

मतदान सकेर मुचुल्का उठाउँन लाग्दा चारैतिरबाट आक्रमण भएपछि मतपेटिका जोगाउन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

सोरु गाउँपालिकाको वडा नम्बर ६ स्थित धैनकोट मतदान केन्द्रमा अज्ञात समूहले आक्रमण हुँदा १६ राउण्ड हवाई फायर गरिएको छ ।

मतदान सकेर मुचुल्का उठाउँन लाग्दा चारैतिरबाट आक्रमण भएपछि मतपेटिका जोगाउन सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

आक्रमणबाट शसस्त्र प्रहरी बलका प्रहरी नायक निरीक्षक बिष्णु आर्याल घाइते भएका छन् । अन्य सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई पनि चोट लागेको प्रजिअ अधिकारीले बताए ।

दिनभर शान्तिपूर्ण मतदान भएपनि भोट सकेर मुचुल्का उठाउने बेला अज्ञात समूह घटना भएको प्रजिअले बताए ।

मतपेटिका सुरक्षित रहेको उनको भनाई छ । घाइते अर्याल र मतपेटिकालाई कडा सुरक्षाका साथ गमगढीतिर ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीको बताए ।

प्रकाशित : मंसिर १०, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?