कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मन्त्रीका अंगरक्षकको हृदयघातबाट मृत्यु

देवनारायण साह

मोरङ — बिनाविभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार मृत्यु भएको छ । नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण मृत्यु भएको हो । दैलेख घर भई बर्दबहादुर गण नागार्जुनमा उनी कार्यरत थिए ।

मन्त्रीका अंगरक्षकको हृदयघातबाट मृत्यु

बिनाविभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको मंगलबार मृत्यु भएको छ ।

नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण मृत्यु भएको हो । दैलेख घर भई बर्दबहादुर गण नागार्जुनमा उनी कार्यरत थिए ।

वाम गठबन्धनबाट मोरङको क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मन्त्री मण्डलको विराटनगर-१ पोखरियास्थित घरमा सुतिरको अवस्थामा बुढालाई राति अचानक असहज महसुस भएपछि उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए ।

उनको शवलाई आफन्त र सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीको भनाइ छ ।

प्रकाशित : मंसिर १२, २०७४ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?