पूर्वएआईजीपी राईले छाडे नयाँ शक्ति

कान्तिपुर संवाददाता

काठमाडौं — नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वएआईजीपी गणेशराज राईले पार्टी परित्याग गरेका छन् । पार्टी नेत्तृवमा अनुशासन र निष्ठा नदेखिएको भन्दै उनले मंगलबार विज्ञप्ति निकालेर नयाँ शक्ति परित्यागको घोषणा गरेका हुन् ।

नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वएआईजीपी गणेशराज राईले पार्टी परित्याग गरेका छन् ।

पार्टी नेत्तृवमा अनुशासन र निष्ठा नदेखिएको भन्दै उनले मंगलबार विज्ञप्ति निकालेर नयाँ शक्ति परित्यागको घोषणा गरेका हुन् । ‘अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन । त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु’उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘३० वर्षसम्म कठोर अनुशासन तथा पद्धतिमा बसेर काम गर्ने बानी परेको मलाई विधि पालना गर्न नपर्ने, नेताको मुखको बोलीका आधारमा चल्ने राजनीतिक संगठनमा काम गर्न सहज महसुस भएन ।’

नयाँ शक्तिमा करिब २ वर्ष बिताएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) राईले पार्टीको सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।

पूर्वएआईजीपी राईले जारी गरेको विज्ञप्ति

प्रकाशित : मंसिर १२, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधानमन्त्रीको स्वागतमा उभिएकाहरु हेलिकप्टरको धूलोले भागाभाग [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — चुनावमा नेता हेलिकप्टर सयर गरेर मस्तीमा छन् भने प्रहरी प्रशासक भने धुलाम्य भई सास्ती खेपिरहेका छन् । कांग्रेस सभालाई कपिलवस्तुमा संबोधन गर्न मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता हेलिकप्टरमा तौलिहवा आउँदा प्रहरी, सेना र सशस्त्रका प्रमुख र प्रजिअ धुलाम्य बनेका थिए । देउवाको स्वगतका लागि प्रहरी कार्यालय नजिकै बनाइएको हेलिप्याड पुगेका उच्च प्रशासक हेलिकप्टर ल्याण्डिङ हुँदा धूलोबाट बच्न भागाभाग गरेका थिए ।

नेपाल प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्रका उपरीक्षक भगवान मल्ल, प्रजिअ मदन भुजेल र सेनाका कर्णेल गाडीको आड लिएर धूलोबाट बच्न लुकेका थिए । कतिपयले रुमालले नाक र मुख छोप्दै पर पर भागेका थिए । देउवाको स्वागतका लागि पुगेका नेता दिपकुमार उपाध्याय, सुरेन्द्र आचार्य र अभिषेकप्रताप शाह पनि धूलोबाट जोगिन गाडी छेउ गएर लुकेका थिए । सेनाको नाईन एन आएजे कल साईनको ठूलो जहाज हुँदा ल्याण्ड गर्दा धेरै धूलो उडाएको थियो ।

२ मिनेटपछि धूलो उड्न छाडेपछि सबैले आ-आफनो कपडा झार्दै स्वागतका लागि तयार भएका थिए । धूलोले हेलिकप्टरको सुरक्षार्थ तैनाथ प्रहरी, सशस्त्र र सेनालाई पनि समस्या बनाएको थियो । मंगलबार सभालाई संबोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीलगायत यहाँ आएका थिए । नेताका लागि दुईवटा हेलिकप्टर यहाँ आएका थिए ।

प्रकाशित : मंसिर १२, २०७४ १६:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT