[अपडेट] त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुग्यो

स्वरूप आचार्य

काठमाडौं/धादिङ — त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । दुर्घटनामा घाइते भएका पवन महतको समयमै उद्धार नहुँदा ज्यान गएपछि मृतकको संख्या ८ पुगेको हो । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान करिब ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशूली नदीमा खसेको छ । प्रहरीका अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ ।

त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ८ पुगेको छ । दुर्घटनामा घाइते भएका एक जनाको समयमै उद्धार नहुँदा ज्यान गएपछि मृतकको संख्या ८ पुगेको हो । काठमाडौं लाँदै गर्दा धादिङ नौबिसेमा मृत्यु भएकाको पहिचान खुलेको छैन ।

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको नमस्ते अर्घाखाँचीको लु २ ख २९१ नम्बरको बस बुधबार बिहान करिब ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचबाट त्रिशूली नदीमा खसेको छ । प्रहरीका अनुसार ७ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ ।

Yamaha

सशस्त्र प्रहरी गोताखोरले बसलाई २५ फिट तल फेला पारेको छ । बसलाई निकाल्ने तयारी भइरहेको छ । प्रहरीका अनुसार सहचालकले काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेका थिए । मृतकमध्ये देवदह-१०, गोदाहका दीपक पाण्डे र ठेगाना नखुलेको पवन महत छन् ।

मुग्लिन, जोगिमारा र गजुरीबाट पुगेको प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले घाइतेको उद्धार गरिएको थियो ।

गलत दिशाबाट आएको ६ ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

Esewa Pasal

प्रकाशित : मंसिर १३, २०७४ ०९:५८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति सीको बढ्दो शक्ति

श्याम श्रेष्ठ

काठमाडौं — ८ करोड ९० लाख सदस्यता भएको विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल– चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न १९ औँ महाधिवेशनले महासचिव सी चिनपिङलाई महाशक्तिशाली बनाएको खबरले अहिले विश्व राजनीति निकै तरंगित छ । सी अहिले देशका राष्ट्रपति पनि छन्, पार्टी महासचिव पनि, केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि छन् र सेनाका प्रधानसेनापति पनि ।

अझ हालैको महाधिवेशनले उनको सोचलाई ‘सी चिनपिङ विचार’ का रूपमा पार्टीको विधानमा समेत राख्ने निर्णय गरेको छ ।

यस अघि माओबाहेक अरू कसैको विचारलाई उनकै जीवनकालमा वैधानिक अनुमोदन दिइएको थिएन । देङको विचारलाई समेत उनको मृत्युपछि सन् १९९७ मा मात्र ‘देङ सिद्धान्त’का रूपमा मान्यता दिइएको थियो । यस परिप्रेक्ष्यमा सीको राजनीतिक कद यति अग्लो र शक्तिशाली बन्न पुगेको छ कि अब उनलाई चुनौती दिनु भनेको सिंगै पार्टीलाई चुनौती दिनुसरह हुनेछ । यी सबै कुराले सीलाई समसामयिक विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति बनाएको छ । अहिले सीजति शक्तिशाली त अमेरिकाका राष्ट्रपति ट्रम्प पनि छैनन् ।

विश्वका सञ्चार माध्यमहरू सीलाई यतिखेर माओ जेदोङ र देङ सियाओपिङ पछिका सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा चित्रण गरिरहेछन् । यो विश्लेषण पुरै असत्य नभए पनि ऐतिहासिक पृष्ठभूमिका हिसाबले यो तुलना त्यति यथार्थपरक देखिन्न । माओ निश्चय नै आधुनिक चीनका सर्वाधिक शक्तिशाली व्यक्ति त थिए, तर उनी पदीय हिसाबले पार्टी र सैन्य आयोगका अध्यक्षमात्र थिए । १९६० को दशकदेखि राज्यको दिनानुदिनका शासनमा उनी कुनै पदमा थिएनन्, नत उनी सीजस्तो सेनाका प्रधानसेनापति नै थिए । माओ महाशक्तिशाली भएको पदले भन्दा चिनियाँ क्रान्तिमा उनको अतुलनीय सफल नेतृत्व, ऐतिहासिक विरासत र पार्टी, सेना तथा आम जनतामा उनको अत्यधिक इज्जत, पकड र लोकप्रियताका कारण थियो ।

माओको निधनपछि देङ पछिल्लो समय जतिखेर चीनका वास्तविक निर्णयकर्ताका रूपमा थिए, छोटो समय पार्टी उपाध्यक्ष र उपप्रधानमन्त्री भएको कुरालाई छोड्ने हो भने पदीय हिसाबले त उनी सैन्य आयोगका अध्यक्षमात्र थिए । सन् १९८९ मा उनले त्यो पद पनि छाडे । तर चिनियाँ क्रान्तिमा उनको विशाल राजनीतिक/सैनिक योगदान, चीनको पछिल्लो आधुनिकीकरणमा उनको सर्वाधिक ठूलो भूमिका अनि पार्टी र सेनामा उनको मजबुत पकडका कारण उनी माओपछिका सर्वाधिक शक्तिशाली थिए ।

माओ र देङभन्दा फरक ढंगले अहिले राष्ट्रपति सी भने पदीय हिसाबले नै पार्टी, राज्य, सेना र सबै क्षेत्रमा सर्वाधिक शक्तिशाली बनेका छन् । ‘सी चिनपिङ विचार’ को प्रावधानसमेत पार्टी विधानमा जोडेयता राष्ट्रपति सीको हातमा चुनौतीविहीन ढंगले यति धेरै राज्यशक्ति र पद केन्द्रित हुनपुगेको छ कि आधुनिक चीनमा सम्भवत: कसैसित पनि त्यति धेरै सर्वोच्च पद र राज्याधिकार एकसाथ एकै व्यक्तिमा केन्द्रित थिएन । माओ र देङमा पनि थिएन ।

संविधान र कानुनमा नलेखे पनि देङले १९९० को दशकदेखि चीनमा एकजना राष्ट्रपति वा प्रधानमन्त्री बढीमा दुईपटक मात्र उक्त पदमा रहने अघोषित प्रणाली बसालेका थिए । हरेक शासकलाई १० वर्ष ढुक्कसँग गतिला काम गरेर देखाउन, चीनमा राजनीतिक स्थिरता ल्याउन र प्रणालीगत ढंगले नयाँ पुस्तालाई शासनसत्ता सहजतापूर्वक सुम्पिन यो प्रणालीले प्रशंसनीय भूमिका खेलेको थियो । देङको १९९७ मा मृत्युपछि पनि अहिलेसम्म चीन त्यही थितिमा चलेको थियो ।

यही प्रणाली मुताबिक सी २०१२ मा पार्टीका महासचिव भएका थिए । यो प्रणाली अनुसार सीले आफ्ना २ जना सम्भावित उत्तराधिकारीको छनोट पार्टी महाधिवेशनपछि बस्ने नवनिर्वाचित केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिको राजनीतिक पोलिटब्युरो र स्थायी समिति निर्वाचित गर्दा गराउने अपेक्षा थियो । तर यस पटक त्यसो गरिएन । यसले के संकेत देखाएको छ भने २०२२ मा महासचिव सीको दोस्रो कार्यकाल सकिएपछि पनि सायद उनले नै अर्को कार्यकालको लागिसमेत पार्टी, सेना र राज्यको कमान सम्हाल्नेछन् र त्यो कार्यकाल तेस्रोभन्दा उता पनि विस्तारित हुनसक्छ ।

बदलिँदो चीनको फेरिँदो मनसायपरन्तु अत्यन्त शिक्षित र अनुभवी २,२८७ प्रतिनिधि रहेको १९ औँ पार्टी महाधिवेशनले महासचिव सीलाई नियतपूर्वक अति शक्तिशाली बनाउने यस्तो निर्णय किन गर्‍यो होला ? अहिले सारा संसारको जिज्ञासा जागिरहेछ । केही चर्चित पश्चिमेली सञ्चार माध्यमले यसलाई राष्ट्रपति सीको निरंकुश अधिनायकवादतर्फको यात्रा भनेर नकारात्मक विश्लेषण पनि गरेका छन् । चीनमा अहिले विकसित भइरहेको आन्तरिक घटना र अन्तरकथाले भने अरू नै कारणतर्फ संकेत गरेको देखिन्छ । महाधिवेशनले यस्तो निर्णय गर्नुको पछाडि बदलिँदो महाशक्ति चीनको फेरिँदो आकांक्षा र विश्व रंगमञ्चमा खेल्न खोजिएको नयाँ नेतृत्वदायी भूमिका मुख्य कारणका रूपमा देखिन्छ ।

क्रान्ति सम्पन्न भएको ६८ वर्षमा चीन गुणात्मक तवरले नै बदलिएको छ । ऊ १९४९ को चरम अनिकाले मुलुकबाट अहिले विश्वको दोस्रो आर्थिक महाशक्तिका रूपमा रूपान्तरित भइसकेको छ । अहिले विश्वको आर्थिक वृद्धिदर सालाखाला २.५ प्रतिशत छ, विकासशील मुलुकको सरदर ४ प्रतिशत छ, तर चीनको वृद्धिदर भने औसत ७.२ प्रतिशत छ । यसमा दुविधा छैन कि यही गतिमा हिँडिरहे अबको १२/१३ वर्षमै चीन अमेरिकालाई उछिनेर विश्वकै पहिलो आर्थिक महाशक्ति बनिसक्नेछ । अहिले संसारमा सबैभन्दा ज्यादा विदेशी विनीमय सञ्चिती चीनसितै रहेको छ, जुन सेप्टेम्बर २०१७ सम्ममा ३.१०९ हजार अर्ब डलर पुगेको छ ।

यतिबेला चीन औद्योगिक हिसाबले विश्वकै सबैभन्दा ठूलो वस्तु निर्माणकर्ता र निर्यातकर्ता मुलुक भएको छ । उता कृषि उत्पादनमा पनि चीन विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता हो । अहिले विश्वमा सबैभन्दा ज्यादा विदेशमा लगानी गर्ने मुलुक पनि चीन नै हो । संसारभरि भ्रमणगर्न हिँड्ने पर्यटकमध्ये सबैभन्दा ज्यादा र खर्चालु पर्यटक चीनबाटै निस्कन्छन् ।

चीनमा भएको औद्योगिक र प्राविधिक क्रान्ति अचम्मलाग्दो छ । चीनमा आजभन्दा ११ वर्ष अघिसम्म एक किलोमिटर लामो अति उच्च गतिको रेलवे ट्रयाक पनि थिएन । तर आज एक दशकमै प्रतिघन्टा ४३१ किलोमिटर कुद्नसक्ने विश्वको सबैभन्दा छिटो बुलेट ट्रेन–फुदोङ पनि चीनसितै छ र सबैभन्दा ज्यादा गतिमा ट्रेन कुद्ने रेलवे लाइन पनि, जुन २२,००० किलोमिटर लामो छ । अहिले चीन एक्लैसित त्यति लामो अति उच्च गतिको रेलवे लाइन छ, जति पुरै विश्वको एकातिर राख्दा पनि ज्यादा हुन्छ ।

चीनले यस बीचमा सामाजिक सुरक्षाको क्षेत्रमा पनि आश्चर्यजनक उपलब्धि हासिल गरेको छ । १९११ सम्म चीनमा गरिबीको रेखामुनि रहेको जनसंख्या १३.४ प्रतिशत थियो (अर्थात अमेरिकाको १५.९ प्रतिशतकै हाराहारीमा) । तर विश्वलाई नै चकित बनाउनेगरी २०१६ मा चीनमा गरिबीको रेखामुनिको जनसंख्यालाई ३.३ प्रतिशतमा ओरालिएको छ, जबकि यही साल अमेरिकामा भने १२.७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।

त्यस्तै २००३ सम्ममा चीनको सहरी क्षेत्रका ४० प्रतिशत र ग्रामीण क्षेत्रको करिब ८० प्रतिशत जनसंख्यासित कुनै पनि स्वास्थ्य बिमाको सुविधा थिएन । तर ८ वर्षकै अन्तरालमा २०११ मा तीनवटा अलग–अलग बिमा कार्यक्रममार्फत चीनका ग्रामीण र सहरिया गरी सरदर ९५ प्रतिशतभन्दा ज्यादा जनसंख्यालाई स्वास्थ्य बिमाको छातामुनि पुर्‍याइसकिएको छ । फैलावट र गतिका हिसाबले अहिले चीनको स्वास्थ्य बिमा कार्यक्रमलाई मानव इतिहासमै सबैभन्दा विशाल र गतिवान बिमा कार्यक्रम मानिएको छ ।

यतिखेर चीनको बढ्दो आर्थिक तथा व्यवस्थापकीय क्षमताले चिनियाँ नेतृत्वको मानसिकतामा ठूलो परिवर्तन ल्याएको देखिन्छ । हामी अब सम्पन्न पनि छौँ, छोटो समयमै तीव्र आर्थिक–सामाजिक रूपान्तरण र आर्थिक विकास गर्न सफल पनि छौँ, अत: चिनियाँ मोडलको बजारमुखी समाजवादी व्यवस्था अपनाएर संसारभरिका विकासशील देशले चीनजस्तै तीव्र गतिमा आर्थिक–सामाजिक विकास गर्न सम्भव छ भन्ने धारणा चिनियाँ नेतृत्वले सार्वजनिक रूपमै राख्न थालेको स्थिति छ । महासचिव सीले महाधिवेशन समक्ष प्रस्तुत गरेको ६० पृष्ठ लामो प्रतिवेदन पढ्दा के देखिन्छ भने चिनियाँ विशेषता सहितको समाजवाद अब चीनको लागिमात्र नभएर विश्वका सम्पूर्ण मानव समुदायको लागि नमुना सामाजिक व्यवस्था हुनसक्छ भन्ने ढंगले विश्वसामु मोडल पेस गर्नेे मनसायमा आज चीन पुगेको छ ।

सीको रिपोर्टमा प्रस्टै भनिएको छ : ‘चिनियाँ विशेषता सहितको समाजवाद जस्तो राजनीतिक प्रणाली चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको सिर्जना हो । हामीलाई पूरापूर विश्वास छ कि चीनको समाजवादी लोकतन्त्रका सबल पक्ष र विशिष्ट विशेषतालाई अब हामी चलखेल गर्न भरपुर ठाउँ दिन सक्छौँ र मानवजातिको राजनीतिक अग्रगमनका लागि चीनको योगदान बनाउन सक्छौँ ।’

यसको तात्पर्य खालि चीनमा मात्र होइन, सिंंगो विश्वमा चिनियाँ ढाँचाको समाजवादको मोडल प्रस्तुत गर्ने अभियानमा आज चीन रहेको छ । यसका लागि केवल ५/१० वर्ष काम गर्ने व्यवस्थापकीय नेता होइन, ज्यादा प्राधिकारपूर्ण र १०/२० वर्ष निरन्तर काम गर्ने ज्यादा शक्तिशाली वैचारिक नेताको जरुरत हुनगएको हुनसक्छ । सम्भवत: यही मूल कारणले अहिले महासचिव सीलाई यसरी चरम शक्तिशाली बनाइएको र उनको विचारलाई पार्टी संविधानमा समेत राखिएको देखिन्छ । यही सन्दर्भमा अहिले चीनमा माक्र्सवादको अध्ययनलाई पुन: जोड दिन र विद्यालयहरूमा अनिवार्य बनाउन थालिएको हुनुपर्छ ।

त्यसमाथि थप राष्ट्रपति सीले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ पहल भनेर अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी ९०० अर्ब डलरको अन्तमहादेशीय महायोजना ल्याएका छन् । जुन आधुनिक युगको बहुआयामिक सिल्करोड हो । अहिलेसम्म १०० वटा देश र अन्तर्राष्ट्रिय संघ/संस्थाले यात यसमा समर्थन जनाएका छन् या यसमा सहभागी भएका छन् । यो महायोजना सफल हुँदा चीन विश्वकै अर्थ–राजनीतिक नेतृत्व गर्ने उचाइमा उठ्ने र यो असफल भयो भने देश असफल हुने जोखिमबीच आजको चीन रहेको छ । यो महायोजनाको सफल कार्यान्वयनका लागि पनि राष्ट्रपति सीको नेतृत्व अरू केही कार्यकाल थपेर उनलाई ज्यादा शक्तिशाली बनाइएको हुनसक्छ ।

प्रकाशित : मंसिर १३, २०७४ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT