१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुनः मतदानको तयारी

हरि गौतम

रुकुम (पश्चिम) — जिल्लाका २ मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । गत १० गते आइतबार मतदान कार्य स्थगित भएका बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा मंसिर १५ गते शुक्रबार पुनः मतदान हुन लागेको हो ।

पुनः मतदानको तयारी

निर्वाचन स्थगित भएका दुई मतदान केन्द्रमा १५ गते पुर्न मतदान गराउनु भनि निर्वाचन आयोगले दिएको निर्देशन अनुसार जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानको तयारी गरेको हो ।

१५ गते बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालय काँडाको क मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने छ भने आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुनेछ ।

दुवै मतदान केन्द्रमा एसिड हालिएपछि उक्त दिन मतदान कार्य स्थगित गरिएको थियो । मतदान गर्ने मतदाताले नै आफ्नो मतपत्र सहित मतपेटिकामा एसिड हालिएको अनुमान छ ।

बाँफिकोटको मतदान केन्द्रको मतपेटिकामा २ सय ४६ मत खसेको थियो भने आठविसकोटको मतपेटिकामा ३ सय ३ मत खसेको थियो । दुवै मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकमा प्रहरीले बाँफिकोटबाट कल्पना केसी र आठविसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पुनः मतदानका लागि आज कमर्चाहरु त्यसतर्फ जाँदैछन् । बाँफिकोटको मतदान अधिकृतमा जिल्लाका सहायक निर्वाचन अधिकृत समेत रहेका तेजप्रसाद पौडेललाई मतदान अधिकृत बनाएर खटाइएको छ भने आठविसकोटको मतदान केन्द्रमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवर मतदान अधिकृत भएर जाँदैछन् ।

मुख्य निर्वाचन अधिकृत संयोजक तथा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारी सदस्य रहेको जनशक्ति व्यवस्थापन समितिले पौडेल र कुँवरलाई मतदान अधिकृतको रुपमा खटाउने निर्णय गरेको हो । दुवै मतदान केन्द्रमा मतदान र सहायक मतदान अधिकृत सहित ६/६ जना कर्मचारी हुनेछन् ।

बाँफिकोट गाउँपालिका–५, को रत्न आधारभुत विद्यालय काँडाको क मतदान केन्द्रमा ६ सय ७२ मतदाता रहेका छन् भने, आठविसकोट नगरपालिका–११, को नेपाल राष्ट्रिय मावि गतसैनाको ख मतदान केन्द्रमा ७ सय ५६ जना मतदाता रहेका छन् ।

प्रकाशित : मंसिर १३, २०७४ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?