१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उद्धार नहुँदा त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र, आफ्नै खर्चमा पीडितले मगाए हेलिकप्टर

हरिहरसिंह राठौर

धादिङ — उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका छन् । उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् ।

उद्धार नहुँदा त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र, आफ्नै खर्चमा पीडितले मगाए हेलिकप्टर

उद्धार नगरी छाडिएपछि त्रिशूली बस दुर्घटनाका घाइते अलपत्र परेका छन् ।

उद्धारमा पुगेका एम्बुलेन्सले ठाउँ नभएको भन्दै छाडिएपछि दुर्घटनाका दुई घाइते अलपत्र परेका हुन् । घाइते अर्घाखाँची अजुरी-४ की ४९ वर्षीया सरिता न्यौपाने र उनका छोरा केशरमणि न्यौपाने कुरिनघाटको मनोकामना पोलिक्लिनिकमा अलपत्र अवस्थामा छन् ।

अलपत्र परेकी सरिताकी छोरा केशरमणि न्यौपाने ।

अर्का अलपत्र घाइते ध्रुव दोमासेको परिवारले आफ्नै खर्चमा हेलिकप्टर मगाएर बिरामी काठमाडौंको ग्रान्डी अस्पताल पुर्‍याएको छ । उक्त हेलिकप्टरमा घाइते निशा थापा पनि पठाइएको पारिवारिक स्रोतले जनाएको छ । उद्धार गर्नुअघि उनीहरु पनि कुरिनघाटको मनकामना पोलिक्लिनिकमा थिए ।

उक्त दुर्घटनामा घाइते भएकाको समयमै उद्धार गरी उपचार नहुँदा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट २८ जना यात्रुको चलानी लिएर हिँडेको लु२ख २९१ नम्बरको बस बुधबार त्रिशुलीमा खस्दा मृतकको संख्या ८ पुगेको छ । २४ जना घाइते छन् ।

मृतक ८ मध्ये १ जनाको मात्रै सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा देवदह-१०, गोदाहका दीपक पाण्डे छन् ।

गलत दिशाबाट आएको बा६ख ४९७२ को ट्रकसँग ठोक्किएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ ।

दुर्घटनापछि नदीमा बेपत्ता बस सशस्त्र प्रहरीको गोताखोरले २५ फिट गहिराईमा भेट्टाएको छ । सशस्त्रको विपत व्यवस्थापन टोलीका गोताखोरले चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट खसेको बसलाई क्रेन लगाएर निकाल्ने तयारी गरिरहेको छ ।

प्रकाशित : मंसिर १३, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?