कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले म्याच फिक्सिङ गरेको छैन : ओली

पर्वत पाेर्तेल

काकडभिट्टा — एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन आफ्नो पार्टीले भूमिका नखेलेको दाबी गरेका छन् ।

बिर्तामाेडमा आज आयोजित चुनावी सभामा बोल्दै ओलीले कांग्रेसले धोका दिएका कारण राप्रपाका राजेन्द्र लिङ्देनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनलाई जसरी पनि जिताएरै छाड्ने बताएका छन् ।

एमालेले म्याच फिक्सिङ गरेको छैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन आफ्नो पार्टीले भूमिका नखेलेको दाबी गरेका छन् ।

बिर्तामाेडमा आज आयोजित चुनावी सभामा बोल्दै ओलीले कांग्रेसले धोका दिएका कारण राप्रपाका राजेन्द्र लिङ्देनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनलाई जसरी पनि जिताएरै छाड्ने बताएका छन् ।

कान्तिपुर दैनिक र ईकान्तिपुरमा प्रकाशित सिटौंलाई जिताउन म्याच फिक्सिङ शीर्षकको समाचारलाई उद्धृत गर्दै ओलीले भने,‘हामीले कुनै म्याच फिक्सिङ गरेका छैनौं, हामीले समर्थन गरेका उम्मेदवारलाई जसरी पनि जिताउँछौं ।’

उनले लिङ्देनलाई उम्मेदवारीमा समर्थन नदिएर कांग्रेसले धोका दिएकाले उनलाई आफ्नो पार्टीले साथ दिएको पनि बताए ।
‘उनलाई नजिताउने भए हामी समर्थन गर्दैनथ्यौं,’ ओलीले भने,‘एमालेले बेइमानी गर्दैन ।’

झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका सिटौंलाई कांग्रेसले समानुपातिक सूचीमा राखेर राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

तर, सिटौलाले समानुपातिकमा बस्न नमानेर चुनाव लड्ने निर्णय गरेपछि एमालेले लिङ्देनलाई समर्थन दिएको हो ।

प्रकाशित : मंसिर १४, २०७४ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?