३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय

काठमाडौं — सरकारले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीका दिन बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बिदा दिने निर्णय गरेको हो । पञ्चायतकाल र बहुदलकालमा पृथ्वी जयन्तीमा हरेक वर्ष बिदा दिने परम्परा थियो । जनआन्दोलन–०६२/६३ को उपलब्धिपछि बनेको सरकारले पृथ्वी जयन्तीमा बिदा दिने परम्परालाई अन्त्य गरेको थियो ।

पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय

सरकारले हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीका दिन बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बिदा दिने निर्णय गरेको हो । पञ्चायतकाल र बहुदलकालमा पृथ्वी जयन्तीमा हरेक वर्ष बिदा दिने परम्परा थियो । जनआन्दोलन–०६२/६३ को उपलब्धिपछि बनेको सरकारले पृथ्वी जयन्तीमा बिदा दिने परम्परालाई अन्त्य गरेको थियो ।

त्यस्तै, सरकारले चुनावको मुखैमा हेटौंडाको मुख्य बजारलाई राजमार्गबाट हटाई नयाँ रुटलाई राजमार्ग बनाउने निर्णय गरेको उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिए । उनका अनुसार हेटौंडाको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निर्णय भएको हो साथै रातोमाटेदखि राप्तीपुलसम्मको बाइपासलाई राजमार्गका रूपमा बनाउने निर्णय गरेको छ ।

थापाले आफ्नो चुनावी क्षेत्रलाई प्रभावित गर्ने गरी उक्त निर्णय गरेको भन्दै आलोचनासमेत भएको छ ।

प्रकाशित : मंसिर १४, २०७४ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?