१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विस्फोटक पदार्थसहित २ भारतीय नागरिक पक्राउ

हरिहरसिंह राठौर

धादिङ — खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो ।

विस्फोटक पदार्थसहित २ भारतीय नागरिक पक्राउ

बस जाँच गर्ने क्रममा झोलाभित्र लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ पर्नेमा भारत कोत्ताजाल निवासी २३ वर्षीय राजु विश्वास र पश्चिम बंगाल निवासी ३१ वर्षीय महमद फरमान रहेका छन् ।

खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बस जाँच गर्ने क्रममा प्रेसर कुकर बम १ वटा, सकेट बम २ वटा र बम बनाउने सामाग्री बरामद गरिएको धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए । उनले बस र बस चालकलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : मंसिर १५, २०७४ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?