दुर्घटनामा पत्रकार भुसाल गम्भीर घाइते

नवलपरासी — मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नवलपरासीका पत्रकार तीर्थराज भुसाललाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि शुक्रवार हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

दुर्घटनामा पत्रकार भुसाल गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नवलपरासीका पत्रकार तीर्थराज भुसाललाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

नवलपरासीको त्रिवेणी र बर्दघाटमा निर्वाचन गतिबिधिको समाचार संकलन गरेर फर्कदै गर्दा बिहीवार साँझ उनी दाउन्नेको पहाडमा दुर्घटनामा परेका थिए । उनको टाउकोमा चोट लागेको छ । मोटरसाइकलमा पछाडि बसेकी पत्रकार दिव्या भण्डारीको अवस्था सामान्य छ ।

एक दशकदेखि पत्रकारितामा सक्रिय भुसाल निजी लगानीमा कावासोतीमा चार वर्षदेखि नवलपुर एफएम सञ्चालन गरिआएका छन् । उनलाई राजधानीको मेडिसिटी अस्पतालमा भर्ना गरिएको आफन्तले जनाएका छन् । उनलाई राजधानी लैजानुअघि भरतपुरस्थित अस्पतालमा उल्लेख्य संख्यामा शुभचिन्तक भेला भएका थिए । उनलाई भेट्न कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश २का प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार विष्णु कार्की, प्रदेशसभाका उम्मेदवार विष्णु लामिछाने र विभिन्न दलका नेता कार्यकर्ता पनि अस्पताल पुगेका थिए ।

दुर्घटनाको कारण यकिन नभएपनि उनलाई गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाई छ । ठक्कर दिने गाडीको खोजी भइरहेको नवलपुरका एसपी दीपेन्द्र जिसीले बताए ।

प्रकाशित : मंसिर १५, २०७४ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?