समाचार

News

पाँच करोड हिनामिना आरोपमा तीन पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कृषि विकास बैंक लिमिटेडको झन्डै पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकका एक कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पाँच करोड हिनामिना आरोपमा तीन पक्राउ

म फेरि प्रधानमन्त्री हुन्छु : देउवा

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफैं प्रधानमन्त्री बन्ने बताएका छन् । यसअघि कांग्रेस महामन्त्री सशांक कोइरालाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी सार्वजनिक गरेका थिए ।

म फेरि प्रधानमन्त्री हुन्छु : देउवा

उम्मेदवार चढेको गाडीमा माइन विष्फोट, चालक घाइते

पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा क का उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्तीमगरलाई लक्षित गरी तिनाउ गाउँपालिका २ खुलखुले नजिकै शनिबार बेलुकी माइन बम विस्फोट गराइएको छ ।

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउँदै गरिएको ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरले बालाजु बाइपासबाट शनिबार साँझ सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुनसहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सरभित्र लुकाएर अवैध सुन काठमाडौं भित्र्याउँदै थिए । प्रहरीले उनले ल्याएको सुन १० किलोभन्दा बढी रहेको अनुमान गरेको छ ।

बालाजु बाइपासबाट १० किलोभन्दा बढी अवैध सुनसहित एकजना पक्राउ

हत्या र बलात्कारका आरोपी दुईजना पक्राउ

गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले शनिबार दाङमा एक जनालाई पक्राउ गरेको छ । शिवगढी गाउँपालिका–३ कपिलवस्तुका २८ वर्षीय माधव पुन पक्राउ परेका हुन् ।

हत्या र बलात्कारका आरोपी दुईजना पक्राउ

गाउँपालिका कार्यालयमा नेकपाले झुन्ड्यायो आफ्नो साइनबोर्ड र झन्डा

नेपाल कम्युनिष्ट पार्टी डोल्पाका कार्यकर्ताले मुड्केचुला गाउँपालिकाको साइनबोर्ड हटाएर आफ्नो पार्टीको व्यानर टाँस्नुका साथै झन्डा हालेका छन् ।

गाउँपालिका कार्यालयमा नेकपाले झुन्ड्यायो आफ्नो साइनबोर्ड र झन्डा

दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।

ललितपुरलाई सांस्कृतिक राजधानी बनाउँछौं : दाहाल

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने बताएका छन् ।

ललितपुरलाई सांस्कृतिक राजधानी बनाउँछौं : दाहाल

राप्रपा(प्र)का महामन्त्री लामा पार्टीबाट निष्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस

पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ । पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई सरकारबाट समेत हटाइने भएको छ ।

राप्रपा(प्र)का महामन्त्री लामा पार्टीबाट निष्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस

अछाममा नेकपाका ६ कार्यकर्तासहित एक दर्जन व्यक्ति पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहरीले करिब एक दर्जन ब्यक्तिलाई पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन सुरक्षाका लागि प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न ठाउँबाट विभिन्न ब्यक्ति पक्राउ गरेको हो ।

अछाममा नेकपाका ६ कार्यकर्तासहित एक दर्जन व्यक्ति पक्राउ

कांग्रेसको चुनावीसभालाई लक्षित गरी ललितपुरमा बम विस्फोट

चापागाउँ ताहाखेलबाट झन्डै एक किमि दक्षिणतर्फ अज्ञात समूहले राखेको बम विस्फोट भएको छ । ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

कांग्रेसको चुनावीसभालाई लक्षित गरी ललितपुरमा बम विस्फोट

यसरी एकसातादेखि मतपेटिका कुर्दै छन् उम्मेदवार र कार्यकर्ता

नजिकै सडक छ । सहकारी डिभिजन कार्यालयको मुलढोकामा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीभाइलाई गफिइरहेका युवाहरु छन् । बाहिर चिसो सिरेटो चलेको छ । उनीहरु हिटर तापिरहेका छन् । भित्र बरण्डामा दुई बन्दुकधारी प्रहरी पहरा दिइरहेका छन् । बाहिर सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । पल्लो भवनबाट चौबिसै घण्टा सेनाले बन्दुक तेर्स्याएर बसेको छ ।

यसरी एकसातादेखि मतपेटिका कुर्दै छन् उम्मेदवार र कार्यकर्ता

बलात्कारको प्रतिकार गर्दा दम्पतीको हत्या

जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा शुक्रबार राति एक दम्पतीको हत्या भएको छ । ३५ बर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ बर्षीया दिपिकाको हत्या भएको हो । दिपिकाको बलात्कारसमेत गरिएको छ । उनी निर्वस्त्र अवस्थामा कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

माधव नेपालको चुनाव प्रचारमा दाहाल

एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको चुनावी प्रचारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि साथ दिएका छन् ।काठमाडौं– २ का उम्मेदवार नेपालको चुनावी घरदैलोमा शनिबार बिहान सहभागी हुँदै दाहालले संक्षिप्त सम्बोधन गरेका थिए ।

माधव नेपालको चुनाव प्रचारमा दाहाल

छायामा प्रदेश

बन्द जनकपुर चुरोट कारखानाका घर–जग्गा सरकारले कौडीको भाउमा बेच्न ठिक्क परेको थियो । प्रक्रियाको अन्तिम घडीमा ‘झल्यास्स’ भएर रोक्यो । झस्किनुको कारण थियो– प्रयोगविहीन प्रशस्त जमिन र भवनमा कतै प्रदेश सरकारका मन्त्रालयहरू पो राख्न सकिन्छ कि ?

छायामा प्रदेश

सुरक्षा किन फितलो ?

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।

सुरक्षा किन फितलो ?

प्रधानसेनापति निरीक्षणमा

प्रधानसेनापति राजेन्द्र क्षत्री नेतृत्वको विशेष सैन्य टोलीले तराईका जिल्लाहरूमा निर्वाचन सुरक्षा अवस्था निरीक्षण गरेको छ । नेपाली सेनाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाहरूको विशेष निगरानी गरिरहेका बेला बिहीबार र शुक्रबार प्रधानसेनापति नै ती जिल्ला पुगेका हुन् ।

प्रधानसेनापति निरीक्षणमा

आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले वडा नम्बर १६ नगवाको गणेश टोलमा गत शनिबार धर्मशाला शिलान्यास गरे । वडाध्यक्ष श्यामबाबु चौरसिया र मेयर सरावगीले ६० लाख रुपैयाँमा निर्माण हुने धर्मशालाको एक कार्यक्रमबीच शिलान्यास गरे पनि नगर परिषद्बाट धर्मशाला निर्माण गर्ने योजना भने पारित भएको छैन ।

आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !