१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेसको चुनावीसभालाई लक्षित गरी ललितपुरमा बम विस्फोट

प्रशान्त माली

ललितपुर — चापागाउँ ताहाखेलबाट झन्डै एक किमि दक्षिणतर्फ अज्ञात समूहले राखेको बम विस्फोट भएको छ । ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।

कांग्रेसको चुनावीसभालाई लक्षित गरी ललितपुरमा बम विस्फोट

चापागाउँ ताहाखेलबाट झन्डै एक किमि दक्षिणतर्फ अज्ञात समूहले राखेको बम विस्फोट भएको छ ।

ताहाखेल बसपार्कमा भइरहेको कांग्रेसको चुनावीसभालाई लक्षित गरी बम बिस्फोट गराइएको हो । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको बताए । ‘घटनाको विस्तृत जानकारी आउन बाँकी छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटको आवाजले सर्वसाधारण त्रसित भएका छन् । घटनाको कसैले जिम्मा लिएको छैन ।

प्रकाशित : मंसिर १६, २०७४ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?