अछाममा नेकपाका ६ कार्यकर्तासहित एक दर्जन व्यक्ति पक्राउ

मेनुका ढुंगाना

अछाम — निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहरीले करिब एक दर्जन ब्यक्तिलाई पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन सुरक्षाका लागि प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न ठाउँबाट विभिन्न ब्यक्ति पक्राउ गरेको हो ।

अछाममा नेकपाका ६ कार्यकर्तासहित एक दर्जन व्यक्ति पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहरीले करिब एक दर्जन ब्यक्तिलाई पक्राउ गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन सुरक्षाका लागि प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न ठाउँबाट विभिन्न ब्यक्ति पक्राउ गरेको हो । प्रहरीले शान्ति सुरक्षाका लागि आफ्ना गतिविधिमा तीव्र पारेसँगै विभिन्न व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । प्रकाउ परेका केही व्यक्ति नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख (डिएसपी) दधिराम न्यौपानेले बताए ।

अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुको बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । ‘करिब दर्जन व्यक्तिहरुलाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौं अनुसन्धानपछि सबै जानकारी गराइने छ ।’

आफ्ना ६ जना कार्यकर्ता पक्राउ परेको नेकपा अछामका इञ्चार्ज शेरबहादुर बिकले स्वीकार गरेका छन् । उनले आफ्ना नेता, कार्यकर्ताहरुमाथि प्रहरीले अनुसन्धानको नाममा दु:ख दिएको आरोप लगाए । ३ जना जिल्ला कमिटी सदस्यहरु सज्जन धामी, पूर्ण भण्डारी र दधिराम बुढालाई विभिन्न क्षेत्रबाट प्रहरीले गिरफ्तार गरेको बताए ।

नेकपाका ईलाका कमिटी सदस्य मानबहादुर चलाउने, कविन्द्र शाही र नृप शाहीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला इञ्चार्ज बिकले जानकारी दिए ।

प्रकाशित : मंसिर १६, २०७४ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?