१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राप्रपा(प्र)का महामन्त्री लामा पार्टीबाट निष्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस

एमालेलाई भोट मागेको आरोप

काठमाडौं — पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई कारबाही गरेको छ । पार्टीबाट निष्कासनमा परेसँगै उद्योग राज्यमन्त्री लामालाई सरकारबाट समेत हटाइने भएको छ ।

राप्रपा(प्र)का महामन्त्री लामा पार्टीबाट निष्कासित, राज्यमन्त्रीबाट पनि हटाउन सिफारिस

उनलाई महामन्त्री पदबाट निष्कासन गरेको जानकारीसहित पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले राज्यमन्त्रीबाट पनि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । संविधानको धारा २९८ को उपधारा ९(ग) मा भएको व्यवस्थाबमोजिम लामालाई राज्यमन्त्री पदबाट पदमुक्त गरी दिन सिफारिस गरेको अध्यक्ष राणाको पत्रमा उल्लेख छ ।

पार्टी स्रोतका अनुसार लामाले काभ्रेपलाञ्चोक र झापा जिल्लामा एमालेको पक्षमा भोट मागेका कारण निष्कासन गरेको हो । ‘सम्भवत : उनी चाँडै एमालेमा प्रवेश गर्नेछन्’उक्त पार्टीका एक नेताले कान्तिपुरलाई बताए ।

प्रकाशित : मंसिर १६, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?