कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका कार्यालयमा नेकपाले झुन्ड्यायो आफ्नो साइनबोर्ड र झन्डा

डोल्पा(दुनै) — नेपाल कम्युनिष्ट पार्टी डोल्पाका कार्यकर्ताले मुड्केचुला गाउँपालिकाको साइनबोर्ड हटाएर आफ्नो पार्टीको व्यानर टाँस्नुका साथै झन्डा हालेका छन् ।

गाउँपालिका कार्यालयमा नेकपाले झुन्ड्यायो आफ्नो साइनबोर्ड र झन्डा

सदरमुकाम दुनैदेखि ४० कोष टाढा कार्यालय रहेको मुड्केचुला गाउँपालिकाको कार्यालयबाट गाउँपालिकाको साइनबोर्ड नेकपाका केही कार्यकर्ताले तानेर लगेका छन् । गाउँपालिकाको साइनबोर्ड लिएर त्यस ठाउँमा मुड्केचुला गाउँ जनसरकारको कार्यालय नेकपा, नुर्क डोल्पा लेखिएको व्यानर टाँसेर गएका थिए । यसका साथै गाउँपालिकाको कार्यालयमा हालिएको नेपालको राष्ट्रिय झन्डा तानेर लगी आफ्नो पार्टीको झन्डा हालेरको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।

प्रहरी नेकपाको व्यानर र झन्डा अहिले हटाइसकेको गाउँपालिकाको कार्यालय नर्कुबाट फोनमा अध्यक्ष शाहीले बताए । उनका अनुसार राष्ट्रिय झन्डा तत्काल हालिएको छ भने नयाँ साइनबोर्ड अर्डर गरिएको छ ।

प्रकाशित : मंसिर १६, २०७४ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?