कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार चढेको गाडीमा माइन विष्फोट, चालक घाइते

माधव अर्याल

पाल्पा — पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा क का उम्मेदवार तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तुलाराम घर्तीमगरलाई लक्षित गरी तिनाउ गाउँपालिका २ खुलखुले नजिकै शनिबार बेलुकी माइन बम विस्फोट गराइएको छ ।

घटनामा गाडी चालक तानसेन नगरपालिका ६ का भरत श्रेष्ठ घाइते भएका छन् । 

उनको रुपन्देहीस्थित लुम्विनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । लु १ ज ३४२५ नम्बरको जीप दोभानको नुवाकोट, डढेगाउँबाट प्रचार सकेर दोभान घर आउने क्रममा शनिबार बेलुकी माइन विष्फोटमा परेको हो ।

जीपको इन्जिनको साइडमा क्षति पुगेको तिनाउ २ का वडाअध्यक्ष राजेश श्रेष्ठले बताए । उक्त जीपमा उम्मेदवार तुलाराम घर्तीलगायत ९ जना सवार थिए । वडा अध्यक्ष श्रेष्ठले प्रचारमा गएपनि प्रहरीको कुनै व्यवस्था नभएकाले सुरक्षाको अनुभूति नभएको प्रतिकृया दिए । 

चुनावी कार्यक्रम सकेर वडाअध्यक्ष श्रेष्ठको टोली अर्को जिपमा १० मिनेट अघि सोही सडक पार गरेका थिए । घटनास्थल तानसेनदेखि ४५ किलोमिटर दक्षिण र सिद्दार्थ राजमार्गबाट ७ किलोमिटर भित्री कच्ची सडकमा पर्छ । 

प्रकाशित : मंसिर १६, २०७४ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?