१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

म फेरि प्रधानमन्त्री हुन्छु : देउवा

कञ्चनपुर — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफैं प्रधानमन्त्री बन्ने बताएका छन् । यसअघि कांग्रेस महामन्त्री सशांक कोइरालाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी सार्वजनिक गरेका थिए ।

म फेरि प्रधानमन्त्री हुन्छु : देउवा

कांग्रेसले जिते फेरि प्रधानमन्त्री मै हुन्छु,’ शनिबार महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,

।यस ठाउूका लागि मैले गर्छु कि पूर्वका केपी ओली वा प्रचण्डले गर्लान् ? त्यसकारण यहाूका जनताले कांग्रेसलाई जिताउनु आवश्यक छ ।’

अहिलेको निर्वाचन लोकतान्त्रिक वा एकदलीय व्यवस्थाबीचको जनमतसंग्रह जस्तै भएको पनि उनले उल्लेख गरे । कम्युनिस्टहरू एकजुट भई आएकाले लोकतन्त्रमाथि खतरा भएको भन्दै आएका देउवाले उक्त कुरा यहां पनि दोहोऱ्याए ।

वाम गठबन्धन संविधान संशोधन गरेर राष्ट्रपति पद्धति ल्याउने र त्यसपछि कम्युनिस्ट शासन चलाउने भनिरहेको छ,’ उनले भने, ।संविधान संशोधन गर्नु भनेको एकदलीय शासन ल्याउने तयारी हो ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीले अहिले पनि चुनाव सरेको मात्रै देखिरहेको व्यंग्य गरे । ।ओलीजी २१ गतेपछि पनि चुनाव सरेको देख्नुहुन्छ,’ उनले भने, ।यहाूका लागि चुनाव सर्‍यासर्‍यै देखिन्छ ।’

कञ्चनपुरको क्षेत्र १ को बेलौरी, २ झलारीमा आयोजित सभालाई सम्बोधनपछि क्षेत्र ३ को महेन्द्रनगरमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बलियो बनाउन र समावेशी संविधान जोगाउन कांग्रेसलाई जिताउनुपर्ने बताए । उनले आफू यही क्षेत्रको भएकाले पनि मतदाताले जिताएमा यस ठाउँको विकास गर्ने बताए ।

प्रकाशित : मंसिर १६, २०७४ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?