कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

सीआईबीद्वारा पत्रकार सम्मेलन गरेर सार्वजनिक
जनकराज सापकोटा

काठमाडौं — निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको छ । ब्युरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत चितवनबाट पक्राउ परेको बताए ।

गौचन हत्याकाण्डका मुख्य आरोपी समिरमान बस्नेत पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरी आइतबार दिउँसो २ बजे सार्वजनिक गरेको छ ।

ब्युरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत चितवनबाट पक्राउ परेको बताए । यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानेका थिए । आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भएका २१ वर्षीय राजीव स्याङ्तान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो । प्रहरीले बस्नेतसहित रूपन्देहीका युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका मनोज पुन, गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार गर्ने लोप्साङ लामा, बोका भनेर चिनिने गंगा लिङदेन, नेपाली सेनाका भगौडा काले दाइ भनिने अम्बरबहादुर लामा, सेनाकै अर्का भगौडा श्यामबहादुर गुम्बे, घटनाका मुख्य योजनाकार समीरका भान्जा पर्ने रोशन बुढाथोकी र अजय थापालाई फरार अभियुक्तका रूपमा लिएको थियो।

प्रकाशित : मंसिर १७, २०७४ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?