कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

चिकित्सक चुनावमा खटिएपछि उपचार प्रभावित

कमल पन्थी

गुलरिया — निर्वाचन कार्यालयले मंसिर २१ गते हुने दोस्रो चरणका लागि अति अत्यावश्यक कार्यालयका कर्मचारी, चिकित्सक र प्राविधिक खटाएपछि कामकाज प्रभावित बन्दै गएको छ ।

चिकित्सक चुनावमा खटिएपछि उपचार प्रभावित

बर्दिया अस्पतालबाट पाँच चिकित्सक, स्वास्थ्य केन्द्रमा रहेको महिला प्रसुती सेवालगायतका स्वास्थ्यकर्मी चुनावमा खटिएका छन् । स्वास्थ्यकर्मी चुनावमा खटिदा उपचार प्रभावित हुनुका साथै सरकारबाट अस्पतालमा सञ्चालित फार्मेसी सेवा पनि बन्द भएको छ ।
यसैगरी, नेपाल टेलिकमबाट प्रशासनिकसँगै प्राविधिक फाँटका कर्मचारी पनि खटिएका छन् ।

बर्दिया निकुन्जबाट पनि रेन्जर, प्रशासन फाँट र गेमस्काउट फाँटका कर्मचारी निर्वाचनमा खटिएका छन् । निकुन्जमा रहेका करार सेवाका कर्मचारी निर्वाचनमा खटिएपछि वन र वन्यजन्तुको सुरक्षामा चुनौति थपिएको निकुन्जका एक अधिकारीले बताए ।

ति कर्मचारीका अनुसार यसैबेला चोरी शिकारी, अवैध काठ चोरीलगायतका घटना हुनसक्ने चुनौति छ ।

निर्वाचन अधिकृत एंव जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले निर्वाचनमा कर्मचारी अपुग भएकाले बाध्य भई अत्यावश्यक कार्यालयका कर्मचारी प्रयोग गर्न बाध्य भएको बताए । 

जिल्लाको तीन सय २९ मतदान केन्द्र र एक सय ५३ मतदान स्थलमा दुई हजार ६ सय बढी कर्मचारी र शिक्षक खटाइएको उनले बताए ।

यसैबीच आईतबार मतदान केन्द्र र स्थलमा खटिएका कर्मचारीले नियुक्तिपत्र र पारिश्रमिक बुझेर कार्यस्थल जाँदै गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७४ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?