कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रत्यक्ष राष्ट्रपतिको कुरा गर्नु संविधानको मर्मविपरीत : देउवा

मोहन बुढाऐर

जोगबुढा, डडेल्धुरा — प्रधानमन्त्री एव‌ं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले–माओवादीको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको कुरा गर्नु संविधानको मर्म विपरीत भएको बताएका छन् ।

प्रत्यक्ष राष्ट्रपतिको कुरा गर्नु संविधानको मर्मविपरीत : देउवा

‘यो संविधानले जनताका सबै अधिकार सुनिश्चित गरेको छ । यसलाई अहिले कार्यान्वयनको बाटोमा अगाडि बढाउनु छ ’उनले भने‘ यसबेला प्रत्यक्ष राष्ट्रपतिको कुरा गर्नु यो संविधान च्यात्नु हो । राष्ट्रपति शासन प्रणालीमार्फत पुन: मुलुकमा तानाशाह, निर्दलीय अधिनायकवाद जन्माउनु हो ।’ 

जिल्लाको भित्रि मधेस जोगबुढा क्षेत्रमा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता देउवाले प्रत्यक्ष राष्ट्रपति प्रणालीबाट हाम्रो जस्तो मुलुकमा तानाशाही निर्दलीय पद्धति जन्मने दाबी गरे । ‘प्रत्यक्ष राष्ट्रपति शासन प्रणालीको कुरा गर्नु भनेको अहिले संविधानलाई समेत स्वीकार गर्न नसकेको हो’उनले भने । 

उनले आफ्नो चुनावी क्षेत्र तथा गृहजिल्ला डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खानेपानी बिजुली, बाटोघाटो सडकलगायतमा उल्लेख प्रगति भएको उल्लेख गरे । ‘अझै गर्नु पर्ने थुप्रै विकासका कामलाई समेत म पुरा गर्ने छु । यो अवसर मलाई नै दिनु हुने छ’उनले भने 'अझै धुलाम्य सडकलाई कालोपत्रे गर्ने, महाकालीमा पक्की पुल निर्माण गरेर परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना छ ।' 

प्रधानमन्त्री देउवा मनोनयन दर्तापछि दोस्रो पटक आफ्नो चुनावी क्षेत्रमा प्रवेश गरेका हुन् । 

प्रकाशित : मंसिर १७, २०७४ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?