धनगढीमा प्रधानमन्त्री बसेको होटेल नजिकै बम, सेनाद्वारा निष्क्रिय

डीआर पन्त

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटी नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ । प्रधानमन्त्री देउवा बसेको होटेल भन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो ।

धनगढीमा प्रधानमन्त्री बसेको होटेल नजिकै बम, सेनाद्वारा निष्क्रिय

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटी नजिकै सोमबार बिहान अज्ञात समुहले राखेको बम सेनाले निष्क्रिय पारेको छ ।

प्रधानमन्त्री देउवा बसेको होटेल भन्दा ४ सय मिटरको दुरीमा रहेको सुकटी नाला पुलमा उक्त बम राखिएको थियो । कैलालीका प्रहरी उपरिक्षक विनोद घिमीरेका अनुसार प्रहरीले तालिम प्राप्त कुकुरको माध्यमबाट वम राखेको पत्ता लगाएको थियो । घिमिरेका अनुसार बम सामान्य भएपनि सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राखी प्रहरीले सर्च गर्दा उक्त बम फेला परेको हो ।

प्रधानमन्त्री देउवा धनगढीको होटेल डिभोटीमा बस्दै आएका छन् । देउवाले धनगढीलाई बेस बनाई सुदुरका विभिन्न जिल्लामा चुनावी सभा सम्बोधन गर्न जाँदा बम फेला परेको रुटबाट हेलीकप्टर भएको स्थान बोराडाँडी ब्यारेक जाने गरेका छन् ।

घटना पछि प्रहरीले सुरक्षा सर्तकता निकै बढाएको छ । धनगढी आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरी प्रमुख घिमीरेले बताए ।

प्रकाशित : मंसिर १८, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?