१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सर्वोच्चले यादवको उम्मेदवारी खारेजीविरुद्धको रिटमा बुधबार निर्णय सुनाउने

काठमाडौं — सर्लाही-४ का माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बुधबारमात्रै निर्णय सुनाउने भएको छ । न्यायाधीश दिपकराज जोशीको एकल इजलासले रिटमाथिको सुनुवाईका लागि बुधबार निर्वाचन आयोगलाई झिकाउने आदेश गरेको हो ।

सर्वोच्चले यादवको उम्मेदवारी खारेजीविरुद्धको रिटमा बुधबार निर्णय सुनाउने

सर्लाही-४ का माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेजीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बुधबारमात्रै निर्णय सुनाउने भएको छ ।

न्यायाधीश दिपकराज जोशीको एकल इजलासले रिटमाथिको सुनुवाईका लागि बुधबार निर्वाचन आयोगलाई झिकाउने आदेश गरेको हो । दुवैपक्षको सुनुवाईपछि यादवलाई अन्तरिम आदेश दिने/नदिने भन्नेवारे निर्णय हुनेछ । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा यादवले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछन् भने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयले निरन्तरता पाउनेछ ।

सर्लाही-४ बाट प्रतिस्पर्धामा होमिएका शिवपुजन राय यादवको उम्मेदवार निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध यादवले सर्वोच्च अदालतमा रिट निवेदन हालेका हुन् । उनीमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा सजायको फैसला भएकाले उमेदवारी खारेज हुनुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो । फौजदारी कसुरमा प्रमाणित भएको व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँदैनन् ।

प्रकाशित : मंसिर १९, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?