कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कुवेतमा अलपत्र ३ सय नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन

काठमाडौं — कुवेतमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र त्यहाँ रहँदा खानाबस्न व्यवस्था मिलाउन त्यहाँस्थित दूतावासलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

कुवेतमा अलपत्र ३ सय नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन

प्रधानमन्त्री कार्यालयका सचिवको समन्वयमा बसेको बैठकले परराष्ट्र र श्रम मन्त्रालयाललाई समन्वय गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो । यसरी अलपत्र परेको विषयमा सरकारी निकायको पटकपटक बैठक बसे पनि उद्धारको संयन्त्र अझै बन्न सकेको छैन ।

कुवेतको खराफी नेसनल कम्पनीले लामो समयदेखि विदेशी श्रमिकहरुलाई तलब तथा अन्य सुविधाहरु नदिएको र कुवेतमा बस्ने परमिट समेतको म्याद थप नगरेपछि ३ सय नेपाली अलपत्र छन् । यो सम्बन्धी समाचार आएपछि उद्धार प्रक्रिया अघि बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले परराष्ट्र मन्त्रालयले अलपत्र परेका नागरिकहरुको तत्काल तथ्यांक संकलन गर्ने, के कति संख्या, नाम, पासपोर्ट विवरण, उनीहरुको भिसाको, लाग्ने जरिवाना सबैको विवरण उपलब्ध गराउने बताइएको छ । बैठकको निर्णय अनुसार उक्त विवरण वैदेशिक रोजगार विभागलाई बुझाउने र वैदेशिक रोजगार विभागले प्राप्त तथ्यांकका आधारमा नोटिसमा आएका अलपत्र नागरिकको नियमानुसार सम्बन्धित म्यानपावर कम्पनीहरूसँग समन्वय गरी उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

ती श्रमिक पठाउने नेपाली कम्पनीहरु एसओएस, गल्फ, लोटस पास र अलकरिम रहेको जानकारी परराष्ट्र मन्त्रालयले गराएको पनि प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर २०, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?