१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्वाचन अपडेट: कहाँ के हुँदैछ ?

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन

काठमाडौं — प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि जारी छ । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।

निर्वाचन अपडेट: कहाँ के हुँदैछ ?

निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारीका लागि हामीसँगै रहनुहोला–

चुनाव अनुगमनका लागि जापानको संसदीय उपविदेशमन्त्री इवाओ होरी पाटन दरबार स्क्वायर क्षेत्रमा । उनी उपत्यकाका तीनै जिल्लाको अनुगमनमा पुगेका थिए । तस्बिर: दुर्गा खनाल/कान्तिपुर 

 

 प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा मतदान गर्दै । तस्बिर: मोहन बुढाऐर  

 

धनुषा क्षेत्र नं ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधि नगराइनस्थित मतदान केन्द्रमा मतदान गर्दै ।  

 

नवलपरासी पश्चिमको जनगागृती मावि गुठीप्रसौनी केन्द्रबाट मतदान गर्दै स्वतन्त्र राजननीतिक समूहका नेता ह्दयेश त्रिपाठी । तस्बिर : नवीन पौडेल 

 

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगरमा मतदान गर्दै । तस्बिर: देवनारायण साह  

 

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुरमा मतदान गर्दै । तस्बिर: अंगद ढकाल 

 

कांग्रेस नेता प्रकाशमान सिंह मतदान गर्दै । तस्बिर : सन्जोग मानन्धर  

 

एमाले युवा नेता एवं भक्तपुर– २ का उम्मेदवार महेश बस्नेत गुण्डुमा मतदान गर्दै । तस्बिर: अंगद ढकाल  

 

निर्वाचन आयोगका आयुक्त इला शर्माले ललितपुर महानगरपालिका वडा नं. १०, कुमारीस्थान नर्सिङ अस्पताल मतदान केन्द्र, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुर महानगरपालिका वडा नं. २, टीका विद्याश्रम मा.वि., सानेपा मतदान केन्द्रबाट र निर्वाचन आयुक्त सुधीरकुमार शाहले काठमाडौं महानगरपालिका वडा नं. ४, धुमबाराही मा.वि., धुमबाराही मतदान केन्द्रबाट मतदान गरेका छन् । आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले टोखा नगरपालिका वडा नं. ८ स्थित भुवनेश्वर मन्दिर, गौरीगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 

नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आज बिहान ८ : १० बजे मतदान गरेका छन् । उनले भद्रपुर नगरपालिका वडा नं. १० स्थित कलवलगुडी प्राथमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् । 

 

एमाले उपमहासचिव तथा रुपन्देही २ का बामगठबन्धनका उम्मेदवार विष्णु पौडेल बुटवल सडक डिभिजन मतदान केन्द्रबाट मत मत हाल्दै । तस्बिर: अमृता अनमोल 

 

कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँमा मतदान गर्दै । तस्बिर : प्रताप राना 

 

साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्र । तस्बिर : इलिट जोशी 

 

राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा मतदान गरेपछि । 

 

एमाले महासचिव ईश्वर पोखरेल मतदान गरेपछि । तस्बिर सौजन्य : लोकेन्द्र केसी 

 

महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयबाहेक सप्तरीका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । पार्टीका प्रतिनिधि र मतदाता नआएकाले मतदान सुरु नभएको हो । उक्त गाउँ सीके राउतको हो ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  भतरपुर १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा मतदान गर्दै । तस्बिर : विमल खतिवडा 

 

धनकुटा- ४ क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र मतदान केन्द्रमा पहिलो मतदाता, ८६ वर्षिया लक्षरी राई । तस्बिर : रमेशचन्द्र अधिकारी 

 

कांग्रेस नेता शेखर कोइराला आदर्श विद्यालय विराटनगरबाट मतदान गर्दै । तस्बिर : देवनारायण साह 


प्रकाशित : मंसिर २१, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?