कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिवपुजनको उम्मेदवारी खारेजी यथावत्

काठमाडौं — सर्लाही ४ मा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ। निर्वाचन आयोगको निर्णय खारेज गर्न माग राखी दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

न्यायाधीशहरू दीपकराज जोशी र डम्बरबहादुर जोशीको संयुक्त इजलासले बुधबार यादवको रिट निवेदनमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश दिएको हो।

आयोगको निर्णयविरुद्ध यादवले सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए। उनीमाथि कूटनीतिक राहदानी दुरुपयोगको आरोपमा सजायको फैसला भएकाले उम्मेदवारी खारेज हुनुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो। फौजदारी कसुरमा प्रमाणित भएको व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँदैनन्।

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?