सीके राउतको घर भएको मतदान केन्द्रमा कोही आएनन्

अबधेशकुमार झा

सप्तरी — सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयको मतदान केन्द्रमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।

सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयमा बिहान ९ बजेसम्म कोही पनि मतदाता तथा राजनीतिक दलका प्रतिनिधि पुगेका छैनन् ।

बिहानैदेखि मतदान सम्पन्न गराउन मतदान अधिकृतसहितको कर्मचारीहरु खटिएको भएपनि कोही मत हाल्न नआाएपछि मतदान सुरु हुन सकेको छैन । उक्त मतदान केन्द्र मधेसमा पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सीके राउतको घर भएको क्षेत्रमा पर्दछ ।

सप्तरीको महदेवा गाउँपालिकाको आधारभूत प्राथमिक विद्यालयको मतदान केन्द्र, जहाँ नत मतदाता छन्, नत दलका प्रतिनिधि । तस्बिर: कान्तिपुर ।

'कोही पनि नआएकाले मतदान सुरु हुन सकेको छैन' प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे कान्तिपुरसंग भने । उक्त मतदान केन्द्रमा ९६० मतदाता छन् ।

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनमोहन दुहबी गोल्डकप यसै साता

कान्तिपुर संवाददाता

इटहरी — दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिता मंसिर २३ देखि हुने भएको छ । एलेभन एरोज क्लबले बर्सेनि प्रतियोगिता गर्दै आएको छ । अघिल्लो वर्षदेखि मनमोहन स्मृति प्रतिष्ठानले प्रायोजन गर्न थालेपछि मनमोहन दुहबी गोल्डकप भएको हो ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, रमपम झापा एघार, चर्च ब्वाइज काठमाडौं, मोरङ एघार, रूपन्देही एघार र आयोजक एलेभन एरोजको सहभागिता रहनेछ । विदेशीमा बंगलादेशको मिरपुर एकादशको क्लब सहभागी हुनेछ । 

विजेताले ४ लाख, उपविजेताले २ लाख नगद पुरस्कार जित्ने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख ५० हजार पाएका थिए ।

हरेक खेलका म्यान अफ द म्याचलाई ७ हजार दिइनेछ । म्यान अफ द सिरिजले २५ हजार र ६ विधाका उत्कृष्टलाई जनही १० रुपैयाँ प्रदान गरिने क्लबका महासचिब विपुल थापाले बताए । प्रतियोगिता गर्न ५० लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जनाइयो । प्रतियोगिता संयोजक दिलीप राईका अनुसार मनमोहन स्मृति प्रतिष्ठानले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने छ ।

 

प्रकाशित : मंसिर २१, २०७४ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT