धरानको चन्द्र संस्कृत उमावि मतदान केन्द्रमा बम विस्फोट

कान्तिपुर संवाददाता

धरान — सुनसरी- १ को धरानस्थित चन्द्र संस्कृत उमावि मतदान केन्द्रमा बम विस्फोट भयो । मतदानस्थल भित्र नै क्षति र भौतिक क्षति भएन ।

सुनसरी- १ को धरानस्थित चन्द्र संस्कृत उमावि मतदान केन्द्रमा बम विस्फोट भयो ।

मतदानस्थल भित्र नै क्षति र भौतिक क्षति भएन । मतदाताको भने भागाभाग भयो । मतदान स्थगित भएन । सुरक्षाकर्मीले अपराधी पक्राउका लागि खोजी तीब्र पारिएको बताएको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसरी गरिन् साहित्यकार झमक घिमिरेले मतदान

रमेशचन्द्र अधिकारी

धनकुटा — साहित्यकार झमक घिमिरेले धनकुटा ६ स्थित कवर्डहल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गरिन् । घिमिरे आमा आशाकुमारीका साथ मतदान केन्द्रमा पुगेकी थिइन् ।

उनलाई निवास कचिडेबाट गाडीमा र मतदान केन्द्रमा बहिनीले बोकेर लगेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउँदा आफुलाई निकै उत्साह लागेको प्रतिक्रिया दिइन् । शारिरीक अवस्थाका कारण आफैं मतदान गर्न नसक्ने घिमिरेलाई आमा आशाकुमारी र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईको सहयोगले मतदान गरेकी थिइन् ।

साहित्यकार झमक घिमिरे धनकुटा ६ को कवर्डहल मतदान केन्द्रमा मतदान गर्नेक्रममा । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर ।

प्रकाशित : मंसिर २१, २०७४ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT