२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गणतन्त्रको सफलता हो यो चुनाव : सिटौला

अर्जुन राजवंशी

दमक — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्रलाई संस्थागत बनाउने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्त वातावरणमा भइरहेकोले आफु उत्साही र खुशी भएको बताएका छन् ।

 गणतन्त्रको सफलता हो यो चुनाव : सिटौला

उनले निर्वाचित संविधानसभाबाट जारी संविधानको सफल कार्यान्वयनका लागि भएको यस चुनावले मुलुकको राजनीतिलाई सकारात्मक दिशातर्फ उन्मुख गरेको बताए । बिहीबार झापा क्षेत्र नं. १ अन्तर्गत भद्रपुर नगरपालिका वडा नं. १० स्थित कलवलगुडी प्राथमिक विद्यालयको केन्द्रमा मतदान गरेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया सिटौलाले सबैखाले शंका/आशंकालाई चिर्दै निर्वाचन भएकोप्रति पनि आफू खुसी र उत्साही बनेको बताए । उनले भने, ‘संविधान कार्यान्वयनप्रति नै प्रश्न उठेको थियो । संविधानले व्यवस्था गरेअनुसारका चुनाव हुँदैन कि भन्ने शंका/आशंकाहरु गरिएका थिए । तर, ति सबै कुरालाई चिर्दै आज ऐतिहासिक चुनाव भइरहेकोप्रति म एकदमै खुसी बनेको छ ।’

उनले यस चुनावले मुलुकलाई सही दिसातर्फ ढोहोर्‍याउन सबै राजनीतिक दलहरुलाई मिलेर अघि बढ्ने सन्देश पनि दिएको बताए । उनले चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएकोले जनताले गरेको निर्णय सबै पार्टी र उम्मेदवारले स्वीकार्नुपर्ने बताए । ‘यो निर्वाचन जनताको लागि हो । जनताको मत कसैको लागि नभई आफ्नो उनीहरु आफ्नै लागि भएकोले यसको महत्व अन्यभन्दा बढी छ’ सिटौलाले भने, ‘यस चुनावले अन्तर्राष्ट्रिय जगतलाई पनि जवाफ दिएको छ । नेपालीहरु आफ्नो निर्णय गर्न आफै सक्षम छन् ।’

झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका सिटौलाले आफ्नो पक्षमा सकारात्मक नतिजा आउने प्रतिक्रिया दिए । उनीविरुद्ध राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।

 
नेपाली कांग्रेसका नेता एवं झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौला भद्रपुर १० स्थित कलवलगुडी मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : अर्जुन राजवंशी/कान्तिपुर ।    

प्रकाशित : मंसिर २१, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?