२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मतदान गरेर काठमाडौं फर्किए प्रधानमन्त्री

मोहन बुढाऐर

डडेल्धुरा — प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ रुवाखोला स्थित असिग्राम माध्यमिक विद्यालय स्थित मतदान स्थलको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान साढे १० बजे मतदान गरेर उनी हेलिकप्टरमा काठमाडौं फर्किए ।

मतदान गरेर काठमाडौं फर्किए प्रधानमन्त्री

कांग्रेसले स्पष्ट बहुमत ल्याउने बताएका छन् । उनले देशभर शान्तिपूर्ण ढंगले चुनाव भइरहेको जानकारी समेत दिए । उनले अस्थायी प्रदेश राजधानी र प्रमुख नियुक्ति राजधानी फर्केलगत्तै तोकिने समेत बताए । प्रधानमन्त्री देउवा १९ गते साँझ देखि डडेल्धुरामा बसेका थिए ।

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी बाम गठवन्धनका प्रतिनिधि सभा उम्मेदवार खगराज भट्टले बिहान ९ बजे अजयमेरु गाउँपालिका ४ को उपस्वास्थ्य चौकी मतदान केन्द्र चिपुरबाट मतदान गरे ।

प्रकाशित : मंसिर २१, २०७४ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?