१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विप्लव समूहका उपत्यका प्रमुख समातिए

काठमाडौं — नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका प्रमुख रवि गोले पक्राउ परेका छन् ।

गोलेलाई ललितपुरको बाँडेगाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका प्रमुख रवि गोले पक्राउ परेका छन् ।

गोलेलाई ललितपुरको बाँडेगाउँबाट प्रहरीले पक्राउ गरेको हो । राजधानीका विभिन्न ठाउँबाट उनका ६ जना सहयोगीसमेत पक्राउ परेका छन् । तीमध्ये दुई जना जिल्ला कमिटी सदस्य छन् ।

उपत्यकामा चुनावलक्षित विस्फोट गोलेकै नेतृत्वमा भएको अनुमान प्रहरीको छ । उनको बसुन्धरास्थित डेरामा छापा मार्दा ४ वटा तयारी अवस्थाका बम भेटिएपछि नेपाली सेनाले बुधबार साँझ घरमै गएर डिस्पोज गरेको थियो ।

प्रहरीले गोलेको साथबाट चाइनिज पेस्तोल र ८ राउण्ड गोली बरामद गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७४ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?