१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मुस्ताङमा मतगणना तीव्र, आधा मतगणना सकियो

विनोद त्रिपाठी

मुस्ताङ — मुस्ताङको मतगणना अनुसार अहिले राति १० बजेसम्म एमालेले प्रतिनिधि र प्रदेशसभामा अग्रता लिएको छ । ३ हजार ६ सय मत गनिसक्दा प्रतिनिधिसभाका लागि एमालेका प्रेमप्रसाद तुलाचनले १८२४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका रोमी गौचन थकालीले १७९० मत पाएका छन् । 

प्रदेशसभामा पनि एमालेकै अग्रता कायम छ । प्रदेश (क) तर्फ एमालेका इन्द्रधारा बिष्टले ५ सय ६३, कांग्रेसका मिक्युर गुरुङले २ सय ६४ मत पाएका छन् । प्रदेश (ख) मा एमालेका महेन्द्र थकालीले ६ सय ३८ र कांग्रेसका छिरिङ दावा गुरुङले ५ सय ६६ मत प्राप्त गरेका छन् । राप्रपा प्रजातान्त्रिककका प्रविण कुमार शेरचनले अहिलेसम्म २ भोट पाएका छन् । यहाँ ६ हजार ७ सय ७३ जनाले मतदान गरेका थिए । 

मंसिर १० गते भएको प्रतिनिधी र प्रदेशसभा चुनावको मतगणना जोमसोममा बिहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । मतगणनामा दलहरुका प्रतिनिधि राखेर कर्मचारीहरु गणना कार्यमा खटिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गणनास्थलमा उम्मेदवार, दलहरुका कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ । प्रत्येक उम्मेदवारका एक/एक प्रतिनिधि गणनामा खटिएका छन् । रातमा शून्य डिग्री तापक्रम हुने भएकोले दलहरुका कार्यकर्ताहरु न्यानो कपडा ओढेर गणनास्थल बाहिर बसेका छन् । गणनास्थलमा सुरक्षा अबस्था कडा पारिएको छ । 

 

प्रकाशित : मंसिर २१, २०७४ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?