कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पूर्वी नवलपरासीमा राति ११ बजेबाट मतगणना सुरु हुने

नवलपरासी — पूर्वी नवलपरासीमा अहिले राति ११ बजेवाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले अहिले राति ११ बजेबाट मतगणना सुरु गर्नेगरी सबै तैयारी पुरा भएको जानकारी दिए । उनले सर्बदलीय बैठक सम्पन्न भएको र क्षेत्र नम्बर २ को मतगणनास्थलमा तारजाली लगाउने काम सकिएको बताए ।

पूर्वी नवलपरासीमा राति ११ बजेबाट मतगणना सुरु हुने



सदरमुकाम कावासोतीको शिव माध्यमिक विद्यालयमा मतगणना गरिने भएको छ । त्यहाँका ४ वटा कोठामा मतगणना सुरु गरिने छ । प्रतिनिधिसभाको २/२ स्थानमा र प्रदेश सभाको १/१ स्थान (कोठा)मा मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा ४ वटा प्रदेश रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख १३ हजार ९ सय ४७ मतदाता मध्ये ८३ हजार २ सय २७ मत खसेको छ । त्यसैगरी यहाँको क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ७ सय ६७ मतदाता रहेकोमा कुल ८० हजार २ सय ३५ मत खसेको छ । यहा कूल ७३ दशमलव ७३ प्रतिसत मत खसेको हो ।

पूर्वी नवलपरासीको १ मा ८ वटा राजनैतिक दल र क्षेत्र नम्बर २ मा २ स्वतन्त्र सहित १२ वटा राजनैतिक दल निर्वाचन प्रतिस्पर्धामा छन् । यहाँ खासगरी वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने छ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कारण यो जिल्ला बढी चर्चामा रहेको छ । उनलाई वाम गठबन्धनले कडा टक्कर दिएको छ ।

प्रकाशित : मंसिर २२, २०७४ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?