स्याङ्जामा अझै किन भएन मतगणना ?

दलहरु झन् आरोप–प्रत्यारोपमा उत्रिए
प्रतिक्षा काफ्ले

स्याङ्जा — बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर दुईमा भएको बुथ कब्जाको विषयलाई लिएर बाम गठबन्धनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुन: मतदान गर्नुपर्ने माग राखेको छ ।

स्याङ्जामा अझै किन भएन मतगणना ?

कांग्रेसद्वारा ४ वटा बुथ कव्जा भएको भन्दै बाम गठबन्धनले पुन: मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवदेन दिएको बताएका छन । क्षेत्र नम्बर दुईकी प्रतिनिधि सभा उम्मेदवार पदमा अर्यालमाथी कांग्रेसका कार्यकर्ताद्वारा भएको दुव्र्यवहारमा प्रहरी र प्रशासन मौन रहेको र सत्ताको पक्षमा रहेकाले उम्मेदवारले समेत न्यायको अनुभुति पाउन नसकिएको बताइएको थियो ।

शनिबार एक होटलमा गरिएको सम्मेलनमा अर्यालले आफूमागि भएको हिंसात्मक गतिविधिमा प्रहरी प्रशासन मौन रहनु भनेको स्याङजा छाड्न तयार रहनु बराबर रहेको बताएकी थिइन । ‘ममाथि भएको दुर्व्यवहारबारे सम्बन्धित निकाय नै मौन छ,’ उनले भनिन, ‘दुर्व्यवहार गर्ने कांग्रेस कार्यकर्ता तत्काल पक्राउ गर्नुपर्छ । र कव्जा गरिएको ४ वटा बुथमा पुन: मतदान गर्नुपर्छ ।’ उनले चार वटा बुथ मात्र नभई क्षेत्र नम्बर दुईको नै पुन: मतदान गर्नुपर्ने माग राखेको बताएकी थिइन् ।

क्षेत्र नम्बर दुईको ‘ख’ का उम्मेदवार सूर्यप्रसाद गैरेले पनि उम्मेदवारमाथि नै हातपात हुदाँ प्रहरी प्रशासन मौन रहनु भनेको एक पक्षिय काम गरेको छलङ्ग भएको बताए ।

कांग्रेसले पनि शनिबार नै पत्रकार सम्मेलन गरेको छ । कांग्रेसले बाम गठबन्धनद्वारा शुक्रबार भएको आन्दोलनमा क्षेत्र नम्बर दुईका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि हातपात भएको प्रति विरोधबारे सम्मेलन गरेको थियो । लोकतन्त्रमा पनि हातपात हुनु भनेको तुच्छ व्यवहार गर्नु बराबर रहेको भन्दै जिल्ला कार्य समितिले ज्ञापन पत्र निकाली निकाली पत्रकार सम्मेलन मार्फत विरोध जनाएको छ ।

कांग्रेसले समानुपातिक उम्मेदवार डिलबहादुर रणपाल र माया रानाप्रति एमाले कार्यकर्ताले हातपात गरेको आरोप लगाएको थियो ।

बाम गठबन्धनले भने शुक्रबार शान्तिपूर्ण गरेको आन्दोलनमा प्रहरीले लापरबाही गर्नु, पुन: मतदानको माग सम्बोधन नहुनु जस्ता कारणमा मत गणना गर्ने वातावरण नभएको भन्दै मतगण्नामा सहभागी नहुने बताएको छ । यता कांग्रेस भने निर्वाचन कानुन बमोजिम काम गर्ने बताएको छ । आयोगले गन्न निर्देशन दिएमा सहभागी हुने पनि बताएको छ ।

जिल्ला सदरमुकाम सुनसान छ । जिल्ला प्रशासन कार्यालयद्वारा शुक्रबार राती ८ बजेदेखि गरिएको निषेधित क्षेत्र घोषणा अझै पनि खुलेको छैन ।

प्रकाशित : मंसिर २३, २०७४ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?